दाह्री जुङ्गगा भएकी महिला (फोटो फिचर)

म्यूजिक खबर
प्रकाशित: २४ आश्विन २०७३, सोमबार

तपाईलाई सुन्दा र तस्वीर हेर्दा पनि अचम्म लागेको हुन सक्छ, कि यस्तो पनि हुन्छ भनेर । उनको नाम हरनाम कैर हो । उनी २३ बर्षकी भईन् । महिला भएर पनि उनको पुरुषको झै झ्याप्प दाह्री जुङ्गगा पलाएको छ ।

harmon

उनलाई धेरै मानिसहरु केटा हो की केटी हो भनेर प्रश्न सोध्ने गर्छन रे । यस्तो प्रश्नहरुले उनलाई निकै दुख लाग्ने गरेको सुनाउछिन् । उनी आफु जुन अवस्थाको देखिन्छु त्यही अवस्थामा आफुलाई स्वीकार्ने मान्छेको खोजीमा रहेकी छिन् । उनले एक अन्तवार्तामा भनेकी छिन्, “मलाई यही हालतमा स्वीकार गर्न कोही व्यक्तिको खोजीमा छु । यो हालतमा देखेर मानिसहरुले मन नपराउन पनि सक्छन् । तर, यो संसारमा मैले कोही भेट्छु की भन्ने आशा छ ।”

dari-women

 

उनी ११ वर्षको हुदाँ उनको अनुहारमा पहिलो पटक दाह्री जुङ्गा आएको थियो । पछि विस्तारै त्यो रौहरु उनको छाती र पाखुरा तिर फैल्दै गए । यहि कारण उनलाई विद्यालय जान पनि गाह्रो हुन थाल्यो । उनले आफुले आफुलाई सम्हादै गईन र गिनिज बल्र्ड रेकर्डस्मा पनि नाम लेखाउन सफल भएकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु