• प्लस टुमा पढ्दा सेक्सको अनुभव गरेको थिएँ : दिक्पाल

    म्यूजिक खबर
    प्रकाशित: १२ भाद्र २०७१, बिहीबार

    च्र्चित मोडल हुन् दिक्पाल कार्की । तर, अहिले दिक्पालले नेपाली फिल्म क्षेत्रमा उज्ज्वल भविष्य कोर्दैछन् । फिल्म ‘रंग बैजनी’ मार्फत अभिनयमा पाइला राखेका दिक्पाललाई अहिले खुसीसँगै डर पनि छ । आफू अभिनीत पहिलो फिल्म ‘रंग बैजनी’ प्रदर्शनको तयारीमा रहेकाले दिक्पाल खुसी छन् भने फिल्म कतै फ्लप पो हुने होकि भन्ने उनलाई डर छ ।’ मोडलिङ क्षेत्रमा स्थापित भइसकेर फिल्मी अभिनयमा लागेका दिक्पाल भन्छन्, ‘म अहिले खुसीसँगै डराइरहेको छ किनकि, फिल्म फ्लप भयो भने मोडलिङबाट कमाएको पहिचानसमेत हराउने छ ।’ शम्भु प्रधान निर्देशित ‘रंग बैजनी’ मा दिक्पाल अभिनेत्रीद्वा गरिमा पन्त र सुमिना घिमिरेसँग देखिँदैछन् ।
    तपाईंको पहिलो फिल्म हो, रंग बैजनी । के अपेक्षा गर्नुभएको छ ?
    – आफूले काम गरेको फिल्मबाट आशा त गर्नुप¥यो नै, तैमाथि मेरो पहिलो फिल्म पनि हो । त्यसैले सकेसम्म मिहिनेत गरेको छु । फिल्मले व्यापार गर्नु, नगर्नु आफ्नो ठाउँमा छ । तर, सकरात्कमक अपेक्षा गरेको छु ।
    मोडलिङमै नाम र दाम कमाइरहनु भएको थियो । फिल्मी अभिनयमा किन लाग्नुभएको नि ?
    – मेरो सानैदेखिको उद्देश्य नै फिल्ममा अभिनय गर्नु थियो । मोडलिङमा स्थापित भएपछि फिल्म खेल्ने सोचअनुसार अभिनयमा लागेको हुँ ।
    मोडलिङ गर्नचाहिँ छाड्नुभएको हो ?
    – छैन । प्राथमिकताचाहिँ फिल्मी अभिनयलाई दिएको छु । मोडलिङ पनि गर्दै आएको छु । तर, मेरो उद्देश्यअनुरुप मोडलिङमा आफूलाई स्थापित गर्न सफल भएँ । अब फिल्ममा सफलता चाख्ने मेरो इच्छा छ ।

    dikpal
    मोडलिङ गरिरहेको व्यक्तिले फिल्मी क्षेत्रमा हात हाल्नु चुनौती होइन र ?
    – चुनौती त अहिले भइरहेको छ मलाई । आफ्नो उद्देश्यअनुरुप मोडलिङ गर्दागर्दै फिल्ममा लागियो । तर, अहिले फिल्म फ्लप भयो भने त मोडलिङ क्षेत्रमा पाँच वर्ष संघर्ष गरेर कमाएको पहिचानसमेत गुम्ने होकि भन्ने डर लागिरहेको छ ।
    आफ्नो कामप्रति विश्वास लागेको छैन ?
    – फिल्म राम्रो बनेको छ भन्ने म विश्वस्त छु । तर, नेपाली दर्शकको भावना र इच्छा बुझ्न सकिँदैन । कतिपय राम्रा फिल्म पनि फ्लप भइरहेको पाइएको छ । यो दर्शकको रुचि नबुझ्नुकै कारण हो ।
    फिल्ममा तपाईको के–कस्तो भूमिका छ ?
    – रंग बैजनीमा एक विनय भन्ने पात्र छन्, जुन भूमिका मैले गरेको छु । समग्रमा भन्नुपर्दा सम्पन्न परिवारको एक म्याचुड पुरुषको भूमिकामा म देखिने छु ।
    फिल्ममा नायिकाद्वय गरिमा र सुमिनासँग देखिँदै हुनुहुन्छ । दुई अभिनेत्रीसँग काम गर्दाको अनुभव कस्तो रह्यो ?
    – उहाँहरु दुवैजना प्रोफेसनल भएकाले काम गर्नु कुनै अप्ठ्यारो भएन । हरेक दृश्यमा रमाइलै भयो । तर, सुमिना र गरिमाबीचको आपसी सम्बन्धले बेलाबेला अप्ठ्यारो महशुस हुन्थ्यो । उहाँहरुको आपसी सम्बन्ध राम्रो छैन भन्ने सुटिङमै थाहा पाएको हुँ ।
    कतिपय फिल्मका नायक÷नायिकाबीच सुटिङमै रियल रोमान्स भएको सुनिन्छ । तपाईंको त्यस्तो केही भएन ?
    – अँह, भएन । जति रोमान्स भयो, त्यो फिल्ममै मात्र भयो । नजिक, टाडा हुने कुरा त सामान्य नै हो ।
    तपाईंको अफेयर्स कसैसँग छ कि छैन ?
    – अँ, छैन । अहिलेसम्म अफेयर्स चलाउने समय नै मिलेको छैन ।
    प्रेम प्रस्ताव लिएर केटीहरु आएका छ्रनन् र ?
    – खोई कुन हिसाबले भन्ने होला । माया गर्नेहरु छन् । तर, म उहाँहरुलाई आफ्नो शुभचिन्तक मान्छु । फेसबुकमा चाहिँ तपाईसँग एक दिन मात्र भए पनि डेटिङ जान्छु भन्ने दिनमा कम्तिमा १० वटा म्यासेज आउछ ।
    अहिलेसम्म कतिपटक डेटिङ जानुभयो नि ?
    – खै, भन्ने । योे नीजि कुरा हो । नभनौ होला ।
    पहिलो सेक्सको अनुभव कति वर्षको उमेरमा गर्नुभयो ?
    – अँ, यस्तो पनि भन्नु र ? त्यस्तै प्लस टुमा पढ्दाताका होला, पहिलोपटक सेक्सको अनुभव गरेको थिएँ । ]

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु