यौनजन्य फिल्म गर्दिनँ : सन्नी

म्यूजिक खबर
प्रकाशित: २७ मंसिर २०७०, बिहीबार

चण्डीगढ । अधिकांस निर्देशक सेक्सी, ब्युटिफुल र चार्मिङ अभिनेत्री खोज्ने गरेको पूर्वपोर्न स्टार सन्नी लियोनले बताएकी छन् । बलिउडमा करिअर खोजिरहेकी यी अभिनेत्रीले निर्देशकले खोजेको ती तिनै कुरा आफूसँग भएको समेत बताइन् । उनले भनिन्, ‘सबै निर्देशक सेक्सी, ब्युटिफुल र चार्मिङ अभिनेत्री खोज्छन्, तर म यी तिनै कुरामा कमि छैन ।’ तर उनले अबदेखि सेक्समा आधारित फिल्ममा काम नगर्ने बताएकी छन् ।
सन्नी आफू अभिनीत आगामी फिल्म प्रमोसनलाई मध्यनजर राख्दै चण्डीगढ आएकी बेला यस्तो बताएकी हुन् । उनी बलिउडमा पाइला राखेपछि दोस्रोपटक चण्डीगढ पुगेकी हुन् । उनले फिल्ममा काम गर्नु आफ्नो प्यासन भएको समेत बताइन् । सन्नीले भनिन्, ‘बलिउडमा काम गर्न सजिलो छैन किनकि हरेक समय फरक फरक भूमिका प्ले हुन्छ ।’ यी अभिनेत्रीले पंजाबी फिल्ममा पाि काम गर्ने इच्छा रहेको बताइन् ।
साथै, सन्नीले बलिउड अभिनेतासँग इमोशन्स देखाउन गाह्रो रहेको सुनाइन् । ‘मलाई क्यामेरासँग डर लाग्दैन’ उनले भनिन्, ‘बलिउड अभिनेतासँग इमोसन नै छैन । त्यसैले उनीहरुसँग काम गर्दा सबैभन्दा गाह्रो इमोशन्स देखाउनु हो ।’ आफू पहिले एक पोर्न स्टार भए पनि बलिउड अभिनेतासँग काम गर्दा पूर्व प्रोफेसनल मिक्स नगर्ने उनको भनाइ थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु