राजु पुरीको “ओई सानी ” भिडियो सहित ।

म्यूजिक खबर
प्रकाशित: १५ श्रावण २०७६, बुधबार

आर पोखरेल , काठमान्डाँै ।
प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायक राजु पुरीको आवाजमा सजिएको आधुनिक“ओई सानी ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

प्रेम र विछोडलाई समेटेर निकै कलात्मक रुपमा प्रस्तुत गरिएको भिडियोमा प्रेम पछिको विछोडलाई समेटिएको छ । मायामा विश्वास घात गर्दाको पिडालाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।
विश्वासको वातावरणमा घात गर्ने प्रेमी प्रेमिकाको अवस्थालाई गीतमा समेटिएको छ । राजु पुरीको शब्द तथा संगीत गीतमा रहेको छ । बासु बरालको छायाँकन , राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशनमा भिडियो तयार गरिएको छ । भिडियोमा आशा खड्का र राजु पुरीको अभिनय रहेको छ ।

“ओई सानी ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु