११ दिनदेखी युट्युबको उकालो ट्रेण्डिङ यात्रामा ‘यो रमाइलो तीजैमा’

म्यूजिक खबर
प्रकाशित: २४ श्रावण २०७९, मंगलवार

काठमाडौं । यसबर्षको तीज पर्वका लागी सयभन्दा बढी गीत सार्वजनिक भइसकेका छन् । बिशेषगरी तीजमामात्र गीत बजारमा ल्याउने कलाकारहरु पनि धेरै छ । यस्तै डेढ दशक देखि निरन्तर तीज गीत गाउँदै आएकी गायिका हुन् सुनिता दुलाल । उनले बर्षैपिच्छे तीजगीत सार्वजनिक गर्छिन् । उनको तीज गीतको पखाईमा धेरे दर्शक तथा स्रोता हुन्छन् । उनले सार्वजनिक गरेका सबै गीत मौलिक हुन्छन् र प्राय सफल छन् । सुनिता लोक गायनको क्षेत्रमा ‘चुजी’ गायिकाको रुपमा पनि चिनिन्छिन् ।

यस्तै पछिल्लो समयमा उनको सार्वजनिक भएको गीत हो ‘यो रमाइलो तीजैमा’ । उनको यो गीत पनि हिट हुन सफल भएको छ । साउन ९ गते सार्वजनिक भएको गीतको भिडियो ११ दिनदेखी युट्युव ट्रेण्डिङमा रहन सफल भएको छ । यतिबेला म्यूजिक तर्फबाट ६ नम्बरमा रहेको गीतले ट्रेण्डिङको उकालो यात्रा गरिरहेको छ । गीतको भिडियोलाई सुनिता दुलाल युट्युव च्यानलमा हेर्न सकिनेछ । यो समाचार तयार पारिरहेको समयमा भिडियोलाई १६ लाख ९१ हजार भन्दा बढी पटक हेरिसकिएको छ । भिडियोलाई भिवर्सले मौलिक गीत भन्दै प्रशंसा गरेका छन् ।

गीतमा बरिष्ठ गीतकार उन्नती बोहोरा ‘शिला’ को शब्द र बरिष्ठ संगीतकार शम्भुजित बास्कोटा संगीत रहेको छ । मनोहर सुनमले संगीत संयोजन गरेका छन् । श्यामश्वेत रसाइलीले यो गीतको मिक्सिङरमास्टरिङको काम गरेका हुन् ।

उन्नती बोहोरा ‘शिला’ को शब्दमा शम्भुजित बास्कोटा संगीत भरेको यो गीतमा मनोहर सुनमले संगीत संयोजन गरेका छन् । श्यामश्वेत रसाइलीले यो गीतको मिक्सिङरमास्टरिङको काम गरेका हुन् ।

गीतको भिडियोमा गायिका दुलालसँगै अभिनेत्री करिश्मा मानन्धर,मोडल अञ्जली अधिकारी, लक्ष्मी जोशी, राधा लम्साल ‘भाबुु’, गजित विष्ट, भोजराज शर्मा लगायतको अभिनय रहेको छ ।

भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् । ज्ञानेन्द्र शर्माले छायाँकन गरेको भिडियोलाई राजकुमार श्रेष्ठले सम्पादन तथा सिमोन लामाले भिडियोलाई कलर गरेका हुन् । राइज मिडिया नेटवर्कले यो भिडियोको पोष्ट प्रोडक्सन गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु