७२ साल लागेपछि राजेशको बिहे

म्यूजिक खबर
प्रकाशित: ३ पुष २०७१, बिहीबार

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक राजेशपायल राईले आफनो जीवनमा जोड–बिजोड नियम बनाएका छन् । यदि जोड–बिजोड नियम नलगाएको भए उनले यही वर्ष घरजम बसाल्थे । तर, बिजोडी वर्ष भएकै कारण यो वर्ष राजेशपायलले घरजम बसाल्न पाएनन् । ‘राजेशपायलको बिहे पक्का हो’ राई इज किङ गायक राजेशपायलले भने, ‘यो ०७१ बिजोडी वर्ष भएकाले मात्रै ।’
यो भनाइअनुसार उनी ०७२ साल लाग्नेवित्तिकै घरजम अर्थात् बिहे गर्नेछन् । तर, त्यसका धेरै होइन, उही बिजोड ५ महिना पर्खनुपर्ने छ । संयोग पनि उस्तै बिजोड, २३ मंसिर साँझ ‘राई इज किङ’ गायक राजेशपायलले अनौपचारिक कुराकानीमा भने, ‘जोडी वर्षमै जोडी बाँध्ने सुरमा छु र, अब यति सम्झिनुस् कि राजेशपायल राईको बिहे पक्का भो ।’
जोडी बाँध्नका लागि जोडी अंकजाल बुनिरहेका राजेशपायललाई बिजोड अंक नफापेका पनि होइन । पहिलो कुरा उनी सयंम सिंगल छन् अर्थात् बिजोड । यस्ता बिजोड संयोग उनीमा थुप्रै जुरेको छ । तीमध्ये पछिल्लो उनको अमेरिकाको सांगीतिक भ्रमण पनि हो । राजेशपायल राई ७३ दिन अमेरिकाको विभिन्न राज्य तथा सहरमा कार्यक्रम गरेर मंसिर २१ मा काठमाडौं फर्केका हुन् । त्यस्तै, अमेरिकाको ७३ दिने सांगीतिक भ्रमणका क्रममा १७ वटा एकल सोमा उनी प्रस्तुत भएका थिए । उनका अनुसार नेपाली कुनैपनि कलाकारले यति लामो अमेरिकाको सांगीतिक यात्रा गरेका छ्रैनन् । नेपाली रकस्टारका रुपमा समेत चर्चित गायक राजेशपायलको विगतदेखि वर्तमानसम्म हेर्दा ‘बिजोड अंक’ फापेकै छ । तर, जोडी बाँध्ने कुरामा भने उनी ‘जोडी अंक’ चाहन्छन् ।
‘जोडी बाँध्नेजस्तो कुरा सामान्य होइन’ उनी भन्छन्, ‘साइत त हेर्नै प¥यो नि ।’ गत असारमा अभिनेता राजेश हमालले जोडी बाँधेपछि राजेशपायलले पनि जोडी बाँध्न रहर गर्न थालेका हुन् । उनलाई जोडी बाँध्ने रहर छ भन्ने कुरा बेलाबेला फेसबुकमा अपडेट भएका स्टाटसले पनि बताउँछ । केही समयअघि राजेशपायलले आफ्नो फेसबुक वालमा राजेश हमाल र उनकी पत्नी मधुको फोटो अपलोड गर्दै लेखेका थिए, ‘मितज्यूको भयो, अब मेरो पालो ।’ तर, रहर गरेरमात्र त हुँदैन । समय पनि हुनप¥यो । गायनमै व्यस्तताका कारण ‘आइलभ यु’ भन्ने युवतीहरुलाई ‘आई लभ यु टु’ समेत फर्काउन समय नभएको राजेशपायल राईको २०७२ सालमा बिहे पक्का होला त ?

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु