उद्योग वाणिज्य महासंघको सदस्यमा आकाश अधिकारी निर्वाचित

म्यूजिक खबर
प्रकाशित: १४ मंसिर २०७७, आईतवार

काठमाण्डौ। नेपाल चलचित्र निर्माता संघका अध्यक्ष तथा चलचित्र निर्देशक आकाश अधिकारी नेपाल उद्योग वाणिज्य महासंघको सदस्यमा निर्वाचित भएका छन् । खसेको १०१ मतमध्ये ४९ मत प्राप्त गर्दै अधिकारी वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा दोश्रो कार्यकालको लागि निर्वाचित बनेका हुन् ।

शनिवार सम्पन्न निर्वाचनमा आकाशले चन्द्र ढकाल प्यानलबाट उम्मेदवारी दिएका थिए । उनिसँगै शेखर गोल्छा समूहबाट उम्मेदवारी दिएका निर्माता तथा निर्देशक अशोक शर्मा भने पराजित भएका छन् । शर्माले ४४ मत प्राप्त गरेका छन् । वस्तुगततर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा किशोर प्रधान र चन्द्र ढकाल प्यानलका ७–७ जना निर्वाचित भएका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु