‘४ जना केटी साथीहरुसँग बसेर पोर्न भिडियो हेरियो’ : गायिका सिर्जना खत्री

म्यूजिक खबर
प्रकाशित: ३ माघ २०७५, बिहीबार

झट्ट हेर्दा कुनै नायिकाभन्दा कम नदेखिने थोरै गीतहरू गाएर पनि धेरै लोकप्रियता र सफलता पाउन सफल गायिका हुन् सिर्जना खत्री हाउडेमाया । पहिलो गीत हाउडे माया सार्वजनिक गरेपछि गीतको चर्चासँगै धेरैले गीतको नामबाट उनलाई चिन्न थाले र नाम पछाडि हाउडेमाया सधैंको लागि जोडियो । सिन्धुपाल्चोक जिल्ला धुस्कुन गाविस २ मा जन्मेकी सृजना खत्री नेपाली लोकपप संगीत क्षेत्रमा पछिल्लो समय अत्यन्तै जमेको देखिन्छ । गायनको अलावा आफ्ना गीतहरूमा शब्द सिर्जना र संगीतसमेत आफै भर्ने उनलाई यतिखेर देशबिदेशका सांगीतिक कार्यक्रममा उत्तिकै ब्यस्त देख्न पाइन्छ । हाउडे माया, लाहुरे माया पछि नौटंकी माया गीत भर्खरै सार्वजनिक गरेकी उनै गायिकासँग म्युजिक खवर पाक्षिकका लागि किस्ना आचार्य रोशनीले गरेका १० रोचक प्रश्नउत्तरः

१. कलाकारितामा लागेर गुमाएको एउटा अवसर ?
सामान्यतया जिन्दगीमा कति अवसर आउँछन् जान्छन् ख्यालै गरिंदैन तर कलाकारितामा लागेरै गुमाएको अवसर युरोप जान लागेकी थिएँ, छाडेर कलाकारिता रोजें ।

२. स्टेज चढेपछि ड्रेसअप र आफ्नो प्रस्तुति कुनमा बढी ध्यान जान्छ ?
ड्रेसअप त दोस्रो कुरा हो । पहिलोमा कलाकारले कलामै ध्यान दिनुपर्छ त्यसैले म जहिले आफ्नो प्रस्तुतिमा ध्यान दिन्छु ।

३. बाथरुममा २ जनासँगै नुहाउनु भएको छ ? कोसँग ?
हाहाहा… प्रश्न पनि खतरा आयो लौन ! दुई मात्र होइन तीन जनासँगै पनि नुहाएको छु । आजभोलि पनि मौका मिल्दा नुहाउँछु मेरा साथीहरु मिना र बिनुसँग ।

४. जिन्दगीदेखि कहिलेकाहीं दिक्क लाग्ने ४ कारण ?
आमाबुबालाई सुख दिन सकिन कि ?, कहिलेकाहि जति संघर्ष गर्दा पनि फल किन मिल्दैन?, किन मान्छेहरु मेरो कुरा काट्छन् ?, मैले माया गरेको मान्छे किन धोकेबाज निस्किन्छ ?


५. अहिलेसम्म कसैले थाहा नपाएका तपाईंका दुई गोप्य कुरा ?
गोप्य कुरा त सधैं गोप्य नै राख्नुप¥यो नि ! भनेपछि त खुलिहाल्यो नि हेहे.. । मेरो मन कोमल छ म कसैलाई झुट बोल्न, धोका दिन सक्दिनँ । म कुनै कुरा गोप्य राख्न नसक्ने मान्छे हुँ ।

६. पहिलो पटक पोर्न भिडियो कति वर्षमा हेर्नुभयो ? को सँग ?
हीहीही… यो प्रश्न अझै कडा रैछ । तर कुरा किन लुकाउनु ! त्यस्तै १८ र १९ वर्षको हुँदा होला ३ र ४ जना केटी साथीहरुसँग हेरियो ।

७. चाहेरै सुधार्न नसकेका ४ नराम्रा बानी ?
सुधार्नु पर्ने बानीहरु त धेरै नै हुनसक्छन् । आफूलाई आफूले जे गरे पनि राम्रै लाग्छ यस्तो कुरा त अरुले भन्दिँदा राम्रो हो आफंैलाई थाहा भएर यस्तो गर्नु हुन्न भन्ने लाग्दालाग्दै सुधार्न नसकेको चाहिँ हो । कहिलेकाहीं ढिलासम्म सुत्छु । छिटो रिस उठ्ने, आफु रित्तिएर अरुको झोली भर्ने र जसलाई सम्झिनु बेकार हो त्यस्तोमान्छेलाई बिर्सिन नसक्ने ।

८. सांगीतिक यात्रामा घटेको कुनै त्यस्तो घटना जो अविस्मरणीय छ ?
दुई वर्ष पहिला गाईघाट कार्यक्रमको लागि जानु थियो । त्यतिबेला प्लेन चढ्ने बजेट पाइँदैनथ्यो । सिन्धुलीको घुम्ती बाटो गाडीमा बमिट गर्दा गर्दा लखतरान थिएँ । बर्दिबास पुगेपछि तराई बन्दको कारण अगाडि बढ्न सकिएन । भोलिपल्ट गैंडाकोटमा कार्यक्रम भएकोले त्यसतर्फ जानु उपयुक्त ठानें । नारायणघाट पुग्दा रातको २ बजेको थियो भोकै बमिट गर्दै त्यो लामो यात्रा । आयोजकले रिसिभ गर्न भनिदिएका थिए । रात अबेर भएकोले सबै सुतिसकेका थिए होटेल पुग्दा सबै कोठाहरु प्याक रहेछ । केहि उपाय नलागेपछि उक्त ड्राईभरको कोठामा दोस्रो बेडमा म सुतें । मलाई उनले रेस्पेक्ट गरे नराम्रो ब्यबहार गरेनन् तर पनि दिनभरको कठिन यात्रा र असहज बसाईले दिक्क लागेको थियो त्यो दिन मैले कहिल्यै बिर्सिन सक्दिनँ ।

९. के सम्झिनु भो भने एकदम रुन मन लाग्छ ?
मैले जसको लागि राम्रो चाहें, हदैसम्म विश्वास गरें त्यो व्यक्तिले दिएको पीडा सम्झेर रुन मन लाग्छ ।

१०. तपाईंजत्तिकै ब्यूटिफूल र हेल्दी रहन आवश्यक ४ टिप्स ?
नियमित व्यायाम गर्ने, प्रशस्त पानी पिउने, सन्तुलित भोजन गर्ने, सकारात्मक सोच्ने, अरुको मन नदुखाउने ।
म्यूजिक खबर पाक्षिकबाट

 

भद्रकला आङबुहाङ को माया एल्बोम सार्वजनिक भएको छ । (भिडियो सहित)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु