उत्कृष्ट गीतहरुको भिडमा रुचाइयो बसन्त र लक्ष्मीको ‘लोभी आँखा’

म्यूजिक खबर
प्रकाशित: १४ जेष्ठ २०७६, मंगलवार

काठमाडौं । पछिल्लो समय लोकदोहोरि क्षेत्रमा मौलिकपन आउने क्रममा विभिन्न मौलिक गीतहरु बजारमा सार्बजनिक भएसँगै चर्चामा आउने गरेका छन् । राम्रा र चर्चामा रहेका गीतहरुको भिडमा पछिल्लो समय ‘लोभी आँखा’ बोलको गीतले अत्याधिक चर्चा कमाउन सफल भएको छ । बसन्त थापा र लक्ष्मी मल्लको सुमधुर आवाजले सजिएको यस गीतले छोटो क्रममा धेरै दर्सकहरुको माया पाउन सफल भएको छ । गीतमा कृष्ण केसीको शब्द सिर्जना रहेको छ भने संगीत बसन्त थापाकै रहेको छ ।

चलचित्र जगतमा छुट्टै पहिचान बनाउन सफल नायक पुष्प खड्का र सफल नायिका शिल्पा पोख्रेलको उक्त भिडियोमा अभिनय रहेको छ। लोकदोहोरी क्षेत्रमा मौलिकपनलाई अगाडी बढाउने क्रममा यो गीतको भिडियोमा शब्द,भेसभुसा, ढाका टोपी जस्ता ईत्यादि कुराहरुमा मौलिकपन ल्याईएको छ। रामेश्वोर कार्कीको छायांकन रहेको उक्त भिडियोमा बहु९चर्चित निर्देशक शिब बिकको निर्देशन रहेको छ भने सम्पादन बिकाश ज्ञवलीको रहेको छ।

चर्चा बटुल्दै ‘जाम सुस्तै

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु