चेतन सापकोटाको ‘एक भई जुटौं नेपाली’ सार्वजनिक, भिडियोमा देखिइन् भरतपुरकी मेयर रेनु समेत

म्यूजिक खबर
प्रकाशित: २४ मंसिर २०७५, सोमबार

राष्ट्रियताको भावनाले ओतप्रोत भएको ‘एक भई जुटौं नेपाली’ बोलको गीत सार्वजनिक भएको छ । सुप्रसिद्ध गायक प्रमोद खरेलको कर्णप्रिय स्वरमा सजिएको गीतमा चर्चित सङ्गीतकार चेतन सापकोटाले संगीत भरेका छन् । बोलको गीतमा जेनु बस्नेतको शब्द रहेको छ ।

चितवनको पर्यटकीय स्थलका दृश्यहरू समावेश गरिएको गीतमा सङ्गीतकार चेतन सापकोटा सहित प्रियङ्का भण्डारीको साथमा स्थानीय कलाकारहरू मिलन सुबेदी, धर्मेन्द्र बन , प्राध्यापक प्रेम रिमाल, डाक्टर भोजराज अधिकारी लगायतको अभिनय रहेको छ ।

एकताको भावना हुनुपर्छ भन्ने सन्देश दिइएको गीतको भिडियोमा एनेकपा का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भरतपुर नगरपालीकाकी प्रमुख रेनु दाहाल, लाई निकै शिल्पी प्रयोग गरिएको छ ।

सङ्गीतकार सापकोटा स्वयंमको निर्देशन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । गीतको भिडियोलाई विशाल भट्टले छायाङ्कन गरेका हुन् ।

 

किन भनिन् विष्णु माझीले जन्मकैद “जेल चलान” गरिदेउ मलाई ? भिडियो सहित

वियोगान्त गीतहरु बजारमा कम मात्रामा लोकदोहोरी क्षेत्रमा आइरहेको अवस्थामा वियोगान्त भावका शब्दहरुलाई समेटेर मेसना डिजिटल प्रालीको प्रस्तुतीमा गायिका विष्णु माझी र विक्रम क्षेत्रीको आवाजमा रहेको गीत “जेल चलान” गीतको भिडियो बजारमा आएको छ ।
आफनी प्रेमिकाबाट विछोडिनु पर्दाको कारुर्णिक अवस्थालाई गीतमा सर्वोकृष्ट रुपमा समेटिएको छ । मायाको अभावबाट नै गायिका विष्णु माझी प्रेमी प्रति असन्तुष्ट भएकी छन । विक्रम थापाको शब्द सिर्जना तथा महेन्द्र भण्डारीको लय सिर्जना गीतमा रहेको छ । आफनो चोखो माया अपराध भएको खण्डमा अपराध सम्झेर मायाको अगाडी जेल चलान गरिदिनको लागी आग्रह गरिएको छ ।
अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा छ । “जेल चलान” गीतमा अञ्जली अधिकारी र विमल क्षेत्रीको अभिनय रहेको छ ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु