जिनियस म्युजिक अवार्ड उत्कृष्ट ५ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ३१ जेष्ठ २०७९, मंगलवार

काठमाडौं । दोश्रो तथा तेश्रो जिनियस म्युजिक अवार्ड २०७९ को उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ‘नेपाली कला संस्कृति हाम्रो पहिचान, संरक्षण प्रवद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको दोश्रो संस्करणमा १६ विधा र तेश्रो संस्करणको अवार्डमा ३७ विधामा उत्कृष्ट ५ सार्वजनिक भएको हो । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरिएको अवार्ड आयोजक संस्था जिनियस म्यूजिकका अध्यक्ष रमेश पाठकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

कोरोना महामारीका कारण रोकिएको दोश्रो संस्करणको मनोनयन समेत एकै पटक सार्वजनिकगरिएको आयोजक संस्थाले जानकारी दिएको छ । एक दशकभन्दा लामो समयदेखि गीत संगीत क्षेत्रमा सक्रिय संस्था जिनियसले आफ्नो कम्पनिको वार्षिकोत्सवको अवसरमा नेपाली गीत–संगीतका लोकप्रिय श्रष्टाहरुलाई ‘जिनियस म्युजिक अवार्ड–२०७९’द्वारा पुरस्कृत तथा सम्मान गर्न लागेको हो । जिनियस म्यूजिक प्रा.लि.को आयोजनामा हुन लागेको यस अवार्डमा राष्ट्रिय, आधुनिक, पप, तथालोक विधामा देशभरका कलाकर्मीहरुले सहभागी जनाएका छन् । अवार्डमा ५० प्रतिशत भोट ४० प्रतिशत जुरी समिति र बाँकी आयोजक टिमको मतलाई आधार मानेर विजेताको घोषणा गरिने आयोजक संस्थाले जनाएको छ ।

जिनियस म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने नेपाली कला संगीत क्षेत्रमा कलम चलाउने पत्रकारलाई पत्रकारिता पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । अवार्डको बारेमा थपजानकारी अफिसियल वेबसाईट https://geniusmusic.com.np/ मा हेर्न सकिनेछ । अवार्डका प्रतिस्पर्धीहरुलाई खल्ती एप मार्फत भोट गर्न सकिनेछ । अवार्ड कार्यक्रम आउँदो असार २३ गते बिहिवार राष्ट्रिय नाचघरमा विविध सांस्कृतिक कार्यक्रमका साथ भव्य समारोहकावीच सम्पन्न हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु