गोबिन्द घोरासैनी र शारदा रसाइलीको स्वरमा ‘कुटुली’ सारा दुनियाँको मन जित्दै

म्यूजिक खवर
प्रकाशित: १ श्रावण २०७९, आईतवार

काठमाडौं । नेपाली मौलिक लोक दोहोरीका प्यासी मनहरुका लागि केन्द्रित गर्दै भर्खरै मात्र संगीत आश्रम नेपालले एक निकै कर्णप्रिय गीतलाई सार्बजनिक गरेको छ । उक्त गीत गोबिन्द घोरासैनी र शारदा रसाइलीको प्रस्तुतिमा ‘कुटुली’ बोलको रहेको छ । गीत निकै लोभ लाग्दो बनेको छ । सुन्दै बसेको ठाउँबाट उठेर नाचौं नाचौं लाग्ने गीतमा स्वर शारदा रसाइली र गोबिन्द घोरासैनीको रहेको छ । यस गीतलाई लय सिर्जना तथा संगीत संयोजन नारायण दंगालले गरेका हुन् भने शब्द बालचन्द्र घोरासैनी र गोबिन्द घोरासैनीको रहेको छ ।

संगीत आश्रम नेपाल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेर सार्बजनिक भैसकेको छ । भिडियोमा अनु पराजुली, शारदा रसाइली, गोबिन्द घोरासैनी, लिलाराज बानियाँ, निरज श्रेष्ठ, कोपिला श्रेष्ठ नारायण गोपाली र रोजी दुलालको अभिनय देख्न सकिन्छ । ‘कुटुली’ बोलको गीतलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायांकन सरोज शाही र सम्पादन रोशन धितालले गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु