• ‘मिसेस नेपाल ग्ल्याम’को आवेद खुल्ला

    म्यूजिक खबर
    प्रकाशित: १६ फाल्गुन २०७५, बिहीबार

    काठमाडौं – ‘मिसेस नेपाल ग्ल्याम’को दोस्रो अडिसन सुरु भएको छ । आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले बुधबार विज्ञप्ति जारी गरी ‘मिसेस नेपाल ग्ल्याम २०१९’को आवेदन खुला भएको जनाएको हो ।

    विवाहित महिलाहरुको प्रतिभा निखार्दै उनीहरुको भबिस्य सुधार्ने उदेश्य प्रतियोगिताको रहेको आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट प्रा.लीका प्रिती कार्कीले बताइन् ।
    प्रतियोगिताका लागि २० देखि ४५ वर्षसम्मका विवाहित महिलाले आवेदन भर्न सक्नेछन् । प्रतियोगिताको पहिलो अडिसन यही फागुन २५ गते बानेश्वरस्थित होटल रानीमहलमा आयोजना हुनेछ । सहभागी हुन चाँहनेले होटलरानी महलबाट आवेदन फर्म भर्न सक्नेछन् ।

    शिर्ष सहित बिभिन्न आधा दर्जन बिजेता छानिने प्रतियोगीताको कोरियोग्राफी आश्विनी झाले गर्नेछन् । आश्विनी नेपालका चर्चित तथा सबैभन्दा ब्यास्त कोरियोग्राफर हुन् ।

    प्रारम्भिक अडिसनबाट छानिएका प्रतियोगिलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिने कार्यक्रम संयोजक आकाश गिरीले बताए ।

    गतबर्ष ‘मिसेस नेपाल ग्ल्याम २०१८’को उपाधि अलाइजा महर्जनले जितेकी थिइन् । महर्जन नेपालको प्रतिनिधित्व गर्दै ‘सिंगापुरमा आयोजित अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘मिसेस इन्टरनेशनल २०१८’मा सहभागी भएकी थिइन् ।

    सो प्रतियोगिताबाट उनले ‘कन्टेस्टेन्ट अफ दि इयर’, ‘मष्ट इन्टेलेक्च्युअल ब्युटि’, ‘बेष्ट सेल्फ इन्टरडक्सन’ र ‘बेष्ट टेवल सेटअफ’ उपाधि समेत नेपाल भित्रर्याएकी थिइन् ।

    मिसेस इन्टरनेशनल चन्दा थापालाई रिवनको बधाई

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु