• बहुभाषिक नाट्य उत्सव २०७९ हुँदै

    म्यूजिक खबर
    प्रकाशित: १३ असार २०७९, सोमबार

    काडमाडौं । संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा यही असार १२ देखि १८ गतेसम्म ‘बहुभाषिक नाट्य उत्सव २०७९’ हुँदैछ । आरोहण, गुरूकुलको सहआयोजनामा हुन लागेको नाट्य उत्सवमा देशभरीबाट प्रज्ञा प्रतिष्ठानलाई प्राप्त भएका नाटकहरुमध्ये विभिन्न भाषा भाषीका ७ वटा नाटक छनौट भई मञ्चनका लागि तयारी अवस्थामा रहेका छन् ।
    नाट्य उत्सवमा लाप्चा उत्थान मञ्च ईलामको लाप्चा भाषाको ‘स्वर्ग जाने सिडि’, पुरानो घर समूह(रौतहट)को थारु भाषाको ‘कनन हरलता’, बाम्बुले राई समाज (ओखलढुङ्गा) राई भाषाको ‘सुश्री सुम्निमा’, रङ्गभूमि एकेडेमी (धरान)को तामाङ भाषाको ‘डम्फुला साङ्ग्युर’, सुम्निमा थिएटर(ललितपुर)को पुमा भाषाको ‘होङ्छा’, चुलाचुली रङ्गमञ्च (इलाम)को लिम्बु भाषाको ‘सुविउ चरी’ र कर्णाली खस संस्कृति संरक्षण केन्द्र(जुम्ला)को अवधि भाषाको ‘कुटिरो’ असार १२ देखि १८ सम्म क्रमश मञ्चन हुदैछन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु