सबैलाई नचाउने सुनुवार भाषाको गीत ‘नाम्सेवल’ हेर्नुहोस् भिडियो

म्यूजिक खबर
प्रकाशित: २ माघ २०७५, बुधबार

काठमाडौ । भनिन्छ संगीतको कुनै भूगोल र भाषा हुँदैन । यस्तै सुनुवार भाषाको गीत ‘नाम्सेवल’ सार्वजनिक भएको छ । गीतका शब्दका अर्थ सबैले बुझ्न नसकेपनि गीत बज्दा सबैलाई नाँचु नाँचु भने बनाउने किसीमको छ । गायिका पूजा सुनुवारको सुमधुर आवाज सजिएको गीत ‘नाम्सेवल’ मा
केशव विश्वकर्माको छायांकन तथा निर्देशन रहेको छ ।

सुनुवारजातीको भाषा, धर्म, भेषभूषा, रहनसहन अनि उनीहरुकै लोकसंस्कृति झल्काउँने अत्यन्तै रोमाञ्चक शब्द रचना कृष्ण सुनुवारको रहेको छ । संगीत संयोजन पुष्कर सुनुवारको रहेको छ।

गीतको म्यूजिक भिडियोमा गायिका पूजा सुनुवारले नै गाउँदै नाँच्दै गरेको दृश्यहरु पनि निकै आकर्षक लाग्दछन् । ‘आफ्नो मातृभाषाको गीतमा आफैले गाएर आफैले अभिनय गर्न पाउनु निकै खुशीको कुरा हो र’ गायिका सुनुवारले भनिन् ।

‘नाम्सेवल’ को अडियो भिडियो मेलोडी नेपाल प्रोडक्शनमा तयार पारिएको हो। मोहन सुनुवारको सम्पादन रहेको यस भिडियोले सुनुवार जातीका परापूर्वकालदेखि चलिआएको आफ्नो रितीरिवाजलाई जगेर्ना गर्नुका साथै नयाँ पूस्तालाई समेत महत्वपूर्ण एक दस्तावेजको रुपमा सन्देश छाड्ने कार्य भएको छ ।

हेर्नुहोस् भिडियो :

 

एकैदिन भद्रकलाको नेपालमा ‘माया’ सार्वजनिक , हङकङमा ‘एकल साँझ’ सम्पन्न !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु