दोस्रो हप्तामा ‘रुमालै छ चिनो’ ! अप्रत्याशित कलेक्सन र सकारात्मक प्रतिक्रियाबाट निर्माण पक्ष खुशी

म्यूजिक खबर
प्रकाशित: १७ फाल्गुन २०७५, शुक्रबार

काठमाडौं । गएको शुक्रबारदेखि देशव्यापी प्रदर्शन आएको चलचित्र हो रुमालै छ चिनो । अप्रत्याशित रुपमा सफलता हात पार्दै आएको चलचित्र ‘रुमालै छ चिनो’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ ।

फागुन १० गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘रुमालै छ चिनो’ को निर्मार्ण टीमले चलचित्र प्रदशृनमा आएलगत्तै हलहलमा पुगेर रुमाल बाढ्दै आएको छ ।

यतिबेला चलचित्रको निर्माण टीम उपत्यका बाहिरका दर्शकलाई हलमै पुगेर रुमाल वितरण गरिरहेको छ । उपत्यकाका हलबाट दशृकको माया पाएको यो टीमले बाहिरका हलमा पनि राम्रो दर्शक जम्मा गरेको छ । बिहीबार झरीको वास्तै नगरी उपत्यकाका बाहिरका हलमा दर्शक पुगेको निर्माता चन्द्रबहादुर खड्काले बताए । पनि परे पनि दर्शकहरु छाता ओडेर ट्याक्सी चढेर फिल्म हेर्न आएको देख्दा खुशी लागेको निर्माता खड्काले बताए ।

निर्माता खड्काका अनुसार दोस्रो हप्ता प्रवेश गर्दा चलचित्रले झण्डै ३ करोड ग्रस कलेक्शन गरेको छ । यही अवस्था आए चलचित्रले राम्रो व्यापार गर्ने उनको भनाई छ ।

ज्योती फिल्मस प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘रुमालै छ चिनो’ मा किशोर खतिवडा, सन्चिता लुइटेल, सुशान्त कार्की, अफ्सना थापा, मिथिला शर्मा, रश्मी भट्ट, सुरवीर पण्डित, लक्ष्मण बिक्रम बस्नेत, शान्ति श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् भने सम्राट बस्नेतको द्वन्द, सागर लामाको नृत्य, बिनोद सापकोटाको छायांकन छ । यसमा दिनेश सिंह ठकुरीको लेखन र निर्देशन छ ।

लोकदोहोरी गीतबाट बन्यो चलचित्र ‘रुमालै छ चिनो’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु