खेमको ‘लामपाते सुरती’ मा शंकर र रिना, हेर्नुहोस् भिडियो

म्यूजिक खबर
प्रकाशित: २९ पुष २०७५, आईतवार

लामो समय देखि अमेरिकालाई कर्मथलो बनाए पनि लोक संगीतमा क्रियाशील रहँदै आएका गायक रमेश परियार र गायिका मञ्जु पुन मगरको आवाजमा नयाँ गीत ‘लामपाते सुरती’ सार्वजनिक भएको छ ।

लामपाते सुरतीमा सर्जक एवं गायक खेम सेञ्चुरीको उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको रहेको छ ।

सुन्दा नै नाँचु नाँचु लाग्ने उक्त गीतमा लोकप्रिय मोडल एवं निर्देशक शंकर विसी र रिना थापा मगरको निकै उत्कृष्ट नृत्य एवं अभिनय रहेको छ ।
रहेको सो गितले माया प्रेमलाई विषयबस्तु बनाएको छ ।

गीतको भिडियोलाई शंकर विसीले निर्देशन गरेका हुन् भने छायांकन दुर्गा पौडेलले गरेका हुन् । नविन घर्ति मगरले सम्पादन गरेको गीतको भिडियोलाई कृष्ण फिल्मसले पोष्ट प्रोडक्सन गरेको हो । गीतलाई खेम सेञ्चुरीको युट्युव च्यानलमा अपलोड गरिएको छ ।

हेरौं भिडियो :

 

रोयल्टी खोज्दै यातायातमा स्रष्टाहरु, अधिकार खोज्दा यसरी भयो तनाव

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु