सुनिता बुढा र अमृत खातीको ‘नाइँ भन्छ मायाले’

म्यूजिक खबर
प्रकाशित: १९ श्रावण २०७९, बिहीबार

काठमाडौं । नेपाली कलाकारिता क्षेत्रमा अहिलेकी लोकप्रिय गायिका सुनिता बुढाक्षेत्री र लोकप्रिय गायक अमृत खातीको आवाजमा नयाँ लोक कोसेली ‘नाइ भन्छ मायाले’ भर्खरै मात्र सार्वजनिक भएको छ।।हरेक प्रकारका गितहरु गाउन,लेख्न र सङीत गर्ने क्षमता भएका गायक खातीको शब्द सङ्गीतमा रहेको उक्त गीत डी.ए.आर. मुभिज मार्फत डिजिटल बजारमा सार्वजनिक भएको छ ।

काजिस श्रेष्ठको निर्देशनमा तयार भएको यस गीतको म्युजिक भिडियोमा लोमस शर्मा र सन्ध्या सानुको अभिनय देख्न सकिन्छ। उक्त गितको छायाङ्कन मुकेश हुमागाईले गर्नु भएको छ भने सम्पादन दिपक खड्काले गर्नु भएको छ।

डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको उक्त गितमा रोमान्चक शब्द र सरल सङ्गीतको समिश्रण भित्र सङ्गीतप्रेमीहरुले भरपुर मनोरञ्जन लिन सक्नेछन।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु