• एकल रचनामा गीतकार सिन्चुरी सुरेश घामलको एल्बम सार्वजनिक गरिएको छ ।(भिडियो सहित)

    म्यूजिक खवर
    प्रकाशित: २३ पुष २०७५, सोमबार

    गीतकार सिन्चुरी सुरेश घमालको एकल रचनामा गीति एल्बम ‘शब्द रचना’ सार्बजनिक गरिएको छ । नयाँ बर्षको शुभारम्भ संगै उक्त एल्बम सार्बजनिक गरिएको हो । केहि बर्ष अघि सार्बजनिक र दर्शक श्रोताको मनमा बस्न सफल गायक शिब परियारको आवाजमा रहेको ‘सबैले मलाई घृणा गरे पनि’ गीत सहित एल्बममा ११ वटा गीत समाबेश गरिएको छ । केहि चलचित्रमा समेत गीत लेखि सकेका सुरेशको सार्बजनिक गीति एल्बममा आधुनिक मेलोडियस गीतहरु समाबेश छन् । एल्बममा समाबेश गीतको भिडियो पनि सार्बजनिक गरिएको छ ।

    एल्बममा समाबेश गीतहरुमा संगीतकार दिपक शर्मा,निम संगीत,कुमार गुरुङ,पुरुसोत्तम न्यौपानेको संगीत रहेको छ । आधुनिक गीतहरु समाबेश एल्बमका गीतमा गायक शिब परियार,प्रमोद खरेल,स्वरुप राज आचार्य,कुमार गुरुङ,पुर्णिमा लामा,सुधा रत्न,रारा अधिकारी ढुंगेल,रेक्स गुरुङको स्वर समाबेश छ । आजभोली संगीत किनेर सुन्ने अवस्था नभए पनि आफ्नो शृजनाहरुलाइ लुकाई राख्न भएन त्यसैले एकल एल्बम सार्बजनिक गरेको गीतकार सुरेश बताउछन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु