
काठमाडौं । गायिका जमुना योञ्जनको पप सेलो गीत ‘तिम्रो मायालु’ श्रीराज इन्टरटेनमेन्टबाट बजारमा आएको छ । मायाप्रेममा समर्पित रहेको नयाँ पप सेलो गीत ‘तिम्रो मायालु’ को शब्द विजय तामाङको रहेको छ भने यमन थापा मगरको संगीत रहेको छ ।
यस गीतको म्यूजिक भिडियोमा विजय तामाङ, जमुना योञ्जन र छोइसाङ तामाङ, गंगा योन्जन, मुकेश पुलामी मगरको अभिनय रहेको छ । मिलन गुरुङको सम्पादन, कृष्ण श्रेष्ठको छायाँकन रहेको यस गीतको म्यूजिक भिडियोलाई राजीव बलामीले निर्देशन गरेका छन् । श्रीराज इन्टरटेनमेन्टको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।