• एचटीभी फिल्मीखबर डि सिने अवार्डमा रेखा थापा र जीवन लुइँटेल उत्कृष्ट अभिनेत्री र अभिनेताको अवार्ड चुम्न सफल भए

    म्यूजिक खबर
    प्रकाशित: १२ कार्तिक २०७०, मंगलवार

    एचटीभी फिल्मीखबर डि सिने अवार्डमा रेखा थापा र जीवन लुइँटेल उत्कृष्ट अभिनेत्री र अभिनेताको अवार्ड चुम्न सफल भए भने चलचित्र रिदमले उत्कृष्ट चलचित्रको रुपमा बाजी मा¥यो । प्राय रेखा थापाले खेलेका फिल्महरुमा हिरो ओझेलमा पर्ने र रेखा नै हिरोका रुपमा देखिने भएका कारण उनको अभिनय यात्राले प्रत्येक अवार्डहरु चुमिरहेकै हुन्छ । त्यही श्रृंखलालाई जारी राख्दै रेखा थापाले एचटीभी फिल्मीखबर डी सिने अवार्ड २०७० पनि हात पार्न सफल भइहन् । त्यसैगरी पछिल्लो समयमा राम्रा, भद्र र मिलनसार नायकका रुपमा देखिँदै आएका जीवन लुइँटेलले पनि अवार्डहरु चुम्न थालेका छन् । उक्त कार्यक्रममा रेखाले चलचित्र ”लंका” र जीवनले चलचित्र ”नोटबुक” बाट अवार्ड चुमेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु