• वेटरबाट गायिका बनेँ : गिरी

    म्यूजिक खबर
    प्रकाशित: २० मंसिर २०७२, आईतवार

    कसको होला छोरो, कुन संसारमा जाऊँ जस्ता गीतले चर्चामा आएकी गायिका मिरा गिरी यतिबेला खरबारीमा बोलको गीतबाट चर्चा बटुल्दैछिन् । गाइघाट, कटारी नपा ७ उदयपुर घर भएकी गायिका मिरा गिरी यतिबेला लोकदोहोरीमा चर्चा बटुल्ने क्रममा छिन् । दोहोरी साँझमा वेटर बन्दै आधारभूत आवश्यकता पूर्ति गर्दै आएकी मिरा गिरी यतिबेला भने व्यवसायिक गायिकाको रुपमा कार्यरत छिन् । वेटरबाट गायिका बनेकी यिनको सानैदेखि लक्ष्य नै गायन थियो । म्यूजिक खबरका लागि समुन बैरागीले गायिका मिरा गिरीसँग गरेको कुराकानीः

    कहिलेदेखि गायनमा लाग्नुभयो ?
    चार वर्ष भयो । सुरुको गीत लाग्छ तिम्रै भर आफ्नै शब्दमा नरेश वियोगीको शब्द थियो । जसमा मैले र रामजी खाँडले स्वर दिएका थियौं ।

    यो क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
    पहिला दोहोरी साँझमा वेटर गर्थें । स्टेजमा अरुले गाएको देख्दा म कहिले यस्तो गाउन सक्ने हुने होला भन्ने लाग्थ्यो । धेरै दुःख गरियो, अहिले त्यो सपना बल्ल पूरा गर्न लागेको छु जस्तो लागेको छ । अझै धेरै मेहनत गर्छु र योभन्दा माथि लाने प्रयास गर्नेर्छु ।

    पूर्वको मान्छे पश्चिमको दोहोरी गाउनुहुन्छ ?
    मेरो बाल्यकाल नै काठमाडौंतिर नै बित्यो । काठमाडौंको बसाईले मलाई पश्चिमेली लोकदोहोरीतर्फ तान्यो । साथीहरु पनि पश्चिमेली नै भेटिए । पूर्वको संगत खासै भएन । त्यसैले पश्चिमेली दोहोरी गाइयो, अब छिट्टै पूर्वका लोकगीतहरु पनि गाउने सोच लिएको छु ।

    एउटा गायिका हुन के आवश्यक पर्छ ?
    गायिका हुनका लागि सबैभन्दा पहिला कला हुनुप¥यो अनि साथमा पैसा पनि । त्यसपछि परिवारको सपोर्ट ।

    आधुनिक तुलनामा लोकदोहोरीमा मेहनत कम हुन्छ भनिन्छ साधना कत्तिको गर्नुभएको छ ?
    मैले साधना गरेकी नै छैन । गर्नुपर्छ, धेरै सिक्नुपर्छ । मनमा उत्साह आयो भने हुन्छ । लोकतिर लाग्नेको आधुनिकमा खासै टोन जाँदैन । अहिलेसम्म साधनाबिनै गाइरहेकी छु ।

    mira giri1

    संगीतमा निपूर्ण हुनुपर्छ भन्ने लाग्दैन ?
    अवश्य लाग्छ पछि तर त्यसलाई म गर्नेछु । निपूर्ण भएर एकदिन सबैखाले गीत गाउने सोचेको छु ।

    दोहोरी गायिका व्यवसायिक बन्नका लागि के आवश्यक पर्छ ?
    सबैभन्दा महत्वपूर्ण कला नै हो ।

    तपाईंका चलेका गीत ?
    कसको होला छोरो – न त कालो न गोरो, म छु परेदेशमा, खरबारीमा, कुन संसारमा जाऊँ जस्ता गीत मेरा चलेका गीत हुन् ।

    कमाईले दिनचर्या चलेको छ त ?
    चलिरहेको छ, कमाई राम्रै छ, स्टेज कार्यक्रम राम्रो पाइरहेको छु । आफूलाई बाँच्न पुग्ने कमाएको छु ।

    गायिका नभएको भए ?
    सानैदेखि सोच त गायिका बन्ने नै थियो, स्कुलमा पनि पढ्ने भन्दा गाउनमै मन लाग्थ्यो । यदि गायिका नभएको भए जनताको सेवक हुन्थे । सानैदेखि प्रहरीतिर लाग्ने सोच बनाएकी पनि थिएँ ।

    सबैभन्दा खुशी क्षण ?
    स्टेजमा धेरै गीत गाइयो चिन्दैनथे । रेकर्डमा पनि धेरै नै गाएँ तर ‘कसको होला छोरो…’ भन्ने गीत गाएँ धेरैले चिने बल्ल खुशीको दिन आएको छ । गायनमा लागेर बाँच्छु भन्ने दिन आएको छु ।

    गाउने अवसर कसरी
    म निरमाया दोहोरीमा गेष्ट भएर धाउँदाधाउँदै गायिका बन्ने अवसर मिलेको हो । गायिका बन्न धेरै मेहनत धेरैको सपोर्ट छ । अहिले प्रतिष्ठानको सदस्यसम्म छु ।

    mira giri-1

    दोहोरीमा लाग्नेहरु ग्ल्यामर हुन्छन् रे नि ?
    मसँग त्यस्तो ग्ल्यामर हुने सोच छैन, म त मेरो नेपालीपन भएकी नारी बन्न रुचाउँछु ।

    गीतसंगीतमा छाडपन नभए चल्दैन भनिन्छ नि ?
    त्यो बढी स्मार्ट हुन खोजिएको हो । तर गीतसंगीतमा मौलिकता नै हुनुपर्छ सभ्य गीत नै पछिसम्म चल्छ ।

    पछिल्लो समय आएको खरबारीको चर्चा कस्तो छ ?
    सोचेको भन्दा राम्रो पाएकी छु । धेरैतिरबाट राम्रै प्रतिक्रिया आइरहेको छ ।

    विहे कहिले गर्ने ?
    अहिलेसम्म छैन । विहेको त्यो दिन आउनेछ जुन दिन गीतसंगीतमा सफल हुनेछु ।

    मन परेको गायक ?
    बद्री पंगेनी, पहिलादेखि नै मन पथ्र्यो ।

    आफूलाई सबैभन्दा बढी मन पर्ने ?
    ड्रसअपको सौखिनु छु ।

    मनपर्ने गायिका ?
    बीमा कुमारी दूरा ।

    अहिलेसम्म सुनेकामध्ये मन पर्ने गीत ?
    विमा दूराले गाएको बनको काफल बनकै चरीलाई ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु