केटीको पीडा

म्यूजिक खबर
प्रकाशित: ४ मंसिर २०७१, बिहीबार

पपगायिका केटी प्राइसले पतिले धोका दिँदा आफूलाई ज्यादै नमज्जा लागेको बताएकी छिन् । केही समयअघि उनका पति किरान हेयलरले उनका दुई संगिनीसँग गोप्य सम्बन्ध राख्ने गरेको खुलासा भएको थियो । यस्तो खुलासाले उनीहरूको दाम्पत्य जीवनलाई भत्काउन खोजे पनि अन्त्यमा केटीले पति किरानलाई माफ गरिदिएकी थिइन् । तर, त्यतिबेला पतिले आफूलाई धोका दिनेगरी अर्कैसँग सम्बन्ध राखेको थाहा पाउँदा आफूलाई ज्यादै नमज्जा लागेको केटीले अहिले आएर फेरि बताएकी छिन् ।
गतवर्ष मात्रै किरानसँग बिहे गरेकी केटीले भनिन्, ‘त्यो घटनाको प्रभावबाट सायद म कहिल्यै मुक्त हुन्न । यसले हरेक समय मलाई पीडा दिएको छ । तर, पनि मैले जीवनप्रतिको आशा मारेकी छैन । कुनैकुनै व्यक्ति मादकपदार्थ अथवा लागुऔषधको अम्मली भएजस्तै यौनका अम्मली पनि त हुन सक्छन् नि । कहिलेकाहीँ यस्तो पनि सोच्ने गरेकी छु,’ केटीले एक अन्तर्वार्तामा भनिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु