गीत संगीतको बजार राम्रो हुँदाहुँदै पनि काठ क्षेत्र संकटमा परेको छ

म्यूजिक खबर
प्रकाशित: ६ जेष्ठ २०७१, मंगलवार

किरण अधिकारी, अध्यक्ष लोक तथा दोहोरी गीत प्रतिष्ठान, बाग्मती अञ्चल समिति
नुवाकोट जिल्लामा २०३९ सालमा जन्मेका हुन् किरण अधिकारी, पिता जनक अधिकारी र माता रेनुका अधिकारकीको जेष्ठ सुपुत्रको रुपमा जन्मेका अधिकारी हाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल वाग्मती अंचल समितिको अध्यक्ष, एभरेष्ट नेपाल कल्चरल ग्रुप, काठमाण्डौको निर्देशक, अन्तर्राष्ट्रिय लोक संस्कृतिक मेलाको निर्देशक, नेपाल संस्कृतिक संघ नुवाकोट सचिव तथा नेपाल प्रेस युनियन नुवाकोटका अध्यक्ष हुनुहुन्छ । प्रस्तुत छ उनै अधिकारीसँग फिल्मी खवर साप्ताहिकले गरेको कुराकानी ः
 के गर्दै हुनुहुन्छ आजकाल ?
आजभोली अलि व्यस्त नै छु । किनकी प्रतिष्ठानको साधारणसभा नजिकै आईरहेको छ । अञ्चलभित्रको जिल्लाहरुको साधारणसभा सम्पन्न गराउन केन्द्रले मलाई नै संयोजक तोकेको छ । त्यही कार्यमा नै व्यस्त नै छु । त्यस्तै अञ्चल समितिको संयोजनमा स्मारिका निकाल्ने तयारीमा लागिरहेको छु ।
कहिलेसम्म आउँछ स्मारिका अनि कस्ता गतिविधि समेटिनेछ ?
अबको ३ महिनामा स्मारिका निकाल्ने छाँै । त्यसको तीव्र रुपमा तयारी गरिरहेको छाँै । स्मारिका हामी अंचलभित्र रहेको स्रष्टाको परिचय सहित प्रतिष्ठानको गतिविधिदेखि लोक संगीतको विषयलाई समेट्नेछाँै ।
अञ्चल समितिले के के ग¥यो त अहिलेसम्म ?
अञ्चलको अधिवेशन सम्पन्न भएपछि स्वागत र सम्मान कार्यक्रम सम्पन्न भएको छ । त्यसैगरी गएको तीजमा अञ्चल समितिको आयोजनामा घादिङको गजुरीमा भव्य कार्यक्रम सम्पन्न गरिएको छ ।
अञ्चलभित्र काठ क्षेत्र पनि पर्छ ? किन काठे गीत मौलाउन नसकेको होला ?
हेर्नुहोस् अत्यन्त सही प्रश्न गर्नु भयो । काठ क्षेत्र संकटमा परेको छ । यसको कारण चाही केहो निरन्तरता खाँचो हो । यस क्षेत्रमा एक चोटी आउने र हटाउने चलन छ । गीत संगीतको बजार राम्रो हुँदाहुँदै पनि पलायन हुने प्रबृद्धिले गर्दा काठ क्षेत्र संकटमा परेको छ ।
रोक्ने उपाय पनि त होला ?
पक्कै छ । गीत संगीतलाई बुझेर आउनुपर्छ नयाँ आउनेले पनि पुरानाहरुले पनि भए हुन्छ नभएपनि केही छैन भन्ने मनोवृति त्याग्नु पर्छ । पुरानो कलाकारले नयाँ कलाकारलाईसँगै लिएर हिंड्न सक्नुपर्छ ।
लोकदोहोरी क्षेत्रमा पश्चिम क्षेत्रको बढी हावी भएर हो की ?
त्यो पक्कै पनि होइन र मलाई त्यस्तो लाग्दैन । किनकी मेरो विचारमा गीत संगीतमा क्षेत्र छुट्याउनु हुँदैन । जहाँसम्म हावीको कुरा छ यो चाही किन भएको हो भने काठ क्षेत्रमा वेमलताको कारणले पनि हो । काठ क्षेत्रमा कलाकार कलाकारबीच नै एकता छैन । तर, एकता हुन सक्यो भने काठक्षेत्रको भविष्य पनि राम्रो छ ।
प्रसंग बदलौ, तपाई धेरै क्षेत्रमा हुनुहुन्छ ? के भनेर चिन्ने हामीले ?
तपाईको प्रश्न मैले बुझँे । हो साँच्चै म धेरै क्षेत्रमा छु । म एउटा संचारकर्मी पनि हुँ । संचार क्षेत्रबाट पनि कलाकारिता क्षेत्रलाई चिनाउँदैछु । कलाकार नै हुँ । किनकी मेरो अर्को पेसाबाट पनि नयाँ तथा पुराना कलाकार ओझेलमा पारिरहेका छन् । त्यस्ता प्रतिभाको पनि खोजी गरिरहेको छु ।
अबको, योजना के छ तपाईको ?
मेरो योजना अब केही समय भित्र नै सामाजिक परिवेशलाई समेटेर गीत निकाल्ने सोचमा छु । यसको लागि शब्द संकलनमा व्यस्त छु ।
तपाई त एभरेष्ट नेपाल कल्चरल ग्रुपको निर्देशक पनि हुनुहुन्छ ? हालै अन्तर्राष्ट्रियस्तरको भेला सम्पन्न गर्नुभयो हैन ?
हो, हामीले विभिन्न देशको संस्कृति लाई नेपालमा देखाउने र अन्य देशलाई नेपालको लोक संस्कृति झल्काउने कार्यक्रम हो, जुन हामीले २÷२ वर्षमा आयोजना गर्ने गर्छाँै । जसको सातांै संस्करण हालसालै मात्र सम्पन्न गरेका छाँै ।
अन्त्यमा, केही भन्नु छ ?
सर्वप्रथम मेरो भनाइहरु राख्न दिनुभएकोमा तपाईको लोकप्रिय पत्रिका फिल्मी खबरलाई धेरै भन्यवाद । अनि पत्रिकाले अझै उचाई लिँदै जाओस्  हार्दिक शुभकामना !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु