द पेन एण्ड देवेन उत्कृष्ट, डीआरको गीत सर्वोत्कृष्ट

म्यूजिक खबर
प्रकाशित: २७ मंसिर २०७१, शनिबार

काठमाडौं । विन्ध्यवासिनी म्यूजिकले आयोजना गरेको विन्ध्यबासिनी म्यूजिक अवार्डमा गीतकार देवेन गिरीको एल्बम ‘द पेन एण्ड देवेन’ले उत्कृष्ट एल्बम बन्दै अवार्ड चुम्यो भने डीआरको ‘झन् झन् मुटु दुख्न थाल्यो’ले उत्कृष्ट गीतको अवार्ड पायो ।
त्यस्तै आवाज देउ बोलको गीतबाट रचनातर्फ योगेन्द्रमणी दाहाल, एरेन्जर विजय तण्डुकारले अवार्ड चुमे । सर्वोत्कृष्ट गायन सुगमसंगीतबाट आजको साँझ… बाट उदय सोताङ, सुने खबर…बाट श्रेयसी चेम्जोङ उत्कृष्ट बन्न सफल भए । त्यस्तै पप गायन पुरुषतर्फ ‘मेरो जीवन यस्तो होस’ सुगम पोखरेल, महिलातर्फ ‘तिमी छौ र त माया छ’का लागि आकांक्षा बस्याल उत्कृष्ठ बने । ‘फुलै फुलको’ गीतबाट राजु सिंहले उत्कृष्ट पप संगीतकारको अवार्ड चुम्न सफल भए ।
पाँचौं संस्करणको विन्ध्यवासिनी अवार्डमा एशियन म्युजिक कम्पनी ‘सर्वाेत्कृष्ट म्युजिक कम्पनी’ बन्न सफल भयो । यसैगरी युगल गायनतर्फ ‘गुराँस फूल्यो पाखैमा’का लागि सत्य–स्वरुपले अवार्ड चुमे । लोकदोहोरी गायकतर्फ ‘ठूला ठूला मान्छे’का लागि मौसम गुरुङ, लोकदोहोरी गायिकातर्फ ‘लाछा डोरी उनको’का ल्ऽागि देवी घर्ती, लोकदोहोरी भाकातर्फ ‘छाती चिरी हेर सानु’का लागि सहदेव कोइराला, लोकदोहोरी रचनातर्फ ‘लाछा डोरी उनको’का लागि रमेश बिजीले सर्वोत्कृष्टता हासिल गर्दै अवार्ड चुमे । त्यस्तै लोकदोहोरी गीततर्फ ‘धुँवा सरी फैलेछ कुरो त’का लागि मञ्जु पौडेल, मोडल जोडी पप तथा आधुनिक भिडियोतर्फ ‘आइ ल्ऽभ यु’का पल शाह र प्रकृति श्रेष्ठ उत्कृष्ट बने ।
चलचित्र पाश्र्व गायन पुरुषतर्फ फिल्म ‘झोले’को गीत ‘तिमी नै मेरो’का लागि राजेशपायल राई, महिला तर्फ फिल्म ‘नाइ नभन्नु ल २’को ‘मर्ने कसैलाई’का ल्ऽागि रजिना रिमाल, संगीततर्फ फिल्म ‘नाइ नभन्नु ल २’को गीत ‘मर्ने कसैलाई’का लागि गैरे सुरेशले अवार्ड चुम्न सफल भए ।

ishawari
त्यस्तै राष्ट्रिय भावनाको गीत ‘मेरो देश’बाट शैलेन्द्र शरद, लोकदोहोरी म्युजिक भिडियो निर्देशक कपिल लामा, सुगम संगीततर्फ ‘आवाज देउ मलाई’का लागि सहेन्द्र श्रेष्ठ, महिला गीतकार सुगम संगीततर्फ ‘नजरबाट टाढा’का लागि पद्यमा लिंखा मगर, छाँयाकार म्युजिक भिडियोतर्फ ‘मेरो जीवन यस्तो होस’का लागि हरि हुमागाई, सम्पादक म्युजिक भिडियोतर्फ ‘तिम्लाई पाए’का लागि सुजन शाही, ध्वनि मुद्रणतर्फ ‘आवाज देऊ मलाई’का लागि राजेश्वर तण्डुकार, नवप्रतिभा लोकदोहोरीतर्फ ‘लाछा डोरी उनको’का लागि कुमार पुन, नवप्रतिभा पप तथा सुगम संगीततर्फ ‘साँझको बेलाका लागि राजकुमार गोस्वामी, मोडल लोकदोहोरी’तर्फ ‘पागल’का लागि महेन्द्र गौतम र सगुन शाही उत्कृष्ट बन्न सफ भए ।

अवार्ड समारोहमा गीतकार दिनेश अधिकारीलाई गीत लेखनको क्षेत्रबाट नेपाली संगीत जगतलाई योगदान पु¥याएवापत उच्च मूल्यांकन गर्दै नगद ५१ हजार १ शय ५१ रुपैयाँसहितको ‘बिन्ध्यबासिनी लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो भने सञ्चारकर्मी नवराज लम्साललाई २५ हजार ५ सय २५ का साथ ‘बिन्ध्यबासिनी गीत संगीत पत्रकारिता सम्मान’ तथा गायिका अञ्जु पन्तलाई १५ हजार ५ सय १५ रुपैंयाँसहितको ‘बिन्ध्यबासिनी संगीत रत्न सम्मान’बाट सम्मानित गरिएको थियो । कार्यक्रममा गीतसंगीत क्षेत्रका कलाकारहरुले सांगीतिक प्रस्तुति दिएका थिए ।

anju

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु