धुर्मुस–सुन्तली ‘पञ्चरत्ने’ र ‘पार्वती’ को भूमिकामा देखिए

म्यूजिक खबर
प्रकाशित: १९ फाल्गुन २०७२, बुधबार

काठमाडौं । सिताराम कट्टेल र कुञ्जना घिमिरे नेपाली कलाको हाँस्य विधामा जमेको जोडी हो । कलाकारीताको कर्मले जन्माएको उनीहरुको नाम धुर्मुस–सुन्तलीमा परिणत भएको छ । रिल देखि रियल लाइफसम्म सफल रहेका र एउटै कर्म अंगालीरहेका यो जोडीलाई टेलीश्रृंखल ‘मेरी बास्सै’को प्रसारण बन्द भएपछि हेर्न पाइएको छैन ।
चलचित्र ‘६क्का पन्जा’ पनि धुर्मुसलाई नदेखिएने भएपछि यो धुर्मुस सुन्तलीका फ्यानलाई निराशता बनाएको छ । तर हाँस्य बादशाह हरिबंश आचार्य पछिका अर्का बादशाह धुर्मुस र सुन्तलीलाई पनि दर्शकले हेर्न पाउने भएका छन् । मेरि बास्सैमा विविध पात्रका चरित्रचित्रण गरेका यो जोडी सर्ट मुभी ‘ज्योति’ मार्फत ‘पञ्चरत्ने’ र ‘पार्वती’ को भूमिकामा देखिएका छन्। बालमैत्री समाजको महत्व र आवश्यकता औंल्याउने सर्ट मुभी ‘ज्योति’ नवलपरासीको सुनवल नगरपालिकामा छायाङ्कन भइरहेको छ।

dhurmus_suntali
यस सर्ट मुभीको कथा सीताराम कट्टेल र दीपक आचार्यले लेखेका हुन् भने पटककथा संवाद पनि आचार्यकै रहेको छ। यस सर्ट मुभीमा धुर्मुस सुन्तलीसँगै संगम विष्ट मुख्य पात्रको रुपमा देखिने छिन्। यस्तै, यमन श्रेष्ठ, दीपक आचार्य, अविरल अधिकारी, सुरेश थापा (दर्शने), जानुका पौडेल केसी, सुरविर पण्डित (दारी बा), विपना शर्मा साथै नवलपरासीको सुसेली समूहका कलाकारको अभिनय छ।

dhurmus_suntali_sangam

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु