नामका लागि राजधानी छिरेको हुँ : अशोक प्यासी

म्यूजिक खबर
प्रकाशित: १८ जेष्ठ २०७१, आईतवार

मोफसलबाट सांगीतिक करिअर सुरु गरेका गायक अशोककुमार प्यासीले यतिबेला राजधानीमा संघर्षरत छन् । उदयपुर, कटारीमै बसेर ‘आकासको तारा गनेर’, ‘यो जुनीमा तिम्रै हुन पाऊँ’ र ‘प्यासी’ डिभिडी एल्बम श्रोतालाई पस्केका प्यासीले हालै ‘माफी’ नामक पप तथा आधुनिक एल्बम ल्याएका छन्, जसलाई उनले सांगीतिक आफ्नो सांगीतिक करिअरको ‘टर्निङ प्वायन्ट’ का रुपमा लिएका छन् । पूर्वेली श्रोता तथा दर्शकमाझ लोकप्रिय प्यासी भन्छन्, ‘गाउन त मोफसलमै पनि गाइयो, तर राजधानीजस्तो नहुँदोरहेछ । गायक प्यासीसँग गरिएको कुराकानी ।
मोफसलमै नाम र चर्चा पाइरहनु भएको थियो, केका लागि राजधानी छिर्नुभयोे ?
गाउन त मोफसलमै पनि गाइयो । उदयरपुरबाटै तीन एल्बम ल्याएँ । तर, राजधानीजस्तो नहुँदोरहेछ । नाम र चर्चाका लागि राजधानी आउनै पर्दोरहेछ । मोफसल र राजधानीमा कमाएको चर्चै फरक हुन्छ । क्षेत्रीयस्तरमा बसेर संघर्ष गर्नु र केन्द्रमा रहनु धेरै फरक पर्दोरहेछ । त्यसैले दुई वर्षअघि राजधानी छिरेको हुँ ।
तपाईंले सोचेजस्तो राजधानी छिरेपछि भइरहेको छ ?
सोचेजस्तै त भएको छैन । तैपनि म सन्तुष्टि छु । मिडियाको साथ पाएको छु । मोफसल उदयपुरमा तीन वर्ष संघर्ष गरेँ, तर ती मेरो संघर्षले आफ्नै गाउँठाउँमा मात्र चिनायो । यहाँ छिरेपछि देश÷विदेशका श्रोता तथा दर्शकले चिन्न थालेका छन् ।
दुई एल्बमसम्म लोक गीत गाउनुभयो, अहिले आएर किन पप आधुनिकतिर ढल्किनुभएको नि ?
गाउँघरमा लोक गीत मनपराइन्छ, त्यसैले लोकगीत गाएँ । पछिल्लो समय गाउँघरकै साथीभाई र श्रोताको अनुरोधलाई स्वीकारेको हुँ । पूर्वेली श्रोताले मेरो लोकगीत रुचाए । उनीहरुले नै अब तपाईले पप आधुनिक गाउनुपर्छ भनेपछि ‘माफी’ एल्बम निकालेको हुँ ।
लोक गायकका रुपमा चिनिन थालेको अवस्थामा पप आधुनिकतिर ढल्किनुभयो । अब आफूलाई कसरी चिनाउनुहुन्छ ?
गायक भएपछि सबै किसिमका गीत गाउनुपर्छ । र, अर्को कुरा जतिखेर सांगीतिक करिअर सुरु गरेँ, त्यतिखेर ठाउँ र परिवेशअनुसार पनि मैले लोकगीत गाउनुप¥यो । लोकगीत गाएर केही पहिचान पनि बनाए । तर अहिले ‘माफी’ एल्बममार्फत आधुनिक तथा पप गायनमा पाइला राखेको छु । मेरो पहिलो आधुनिक एल्बममा गीत श्रोताले रुचाएका छन् । राम्रो प्रतिक्रियाहरु आइरहेका छन् । मिडियाको सर्पोट पनि पाएको छु । त्यसैले अब आफूलाई सुगम तथा पप गायक नै भन्न रुचाउँछु ।
अब कसरी अगाडि बढ्ने योजना बनाउनुभएको छ ?
हालै मात्र मैले ‘माफी’ आधुनिक एल्बम ल्याएको हुँ । केही समय यसै एल्बमको प्रमोसनमा जुट्ने छु । प्रमोसनका लागि शिर्ष गीतको म्युजिक भिडियो निर्माण गर्दैछु । त्यसपछि अर्को एल्बमको तयारीमा लाग्ने छु ।
एल्बम निकालेर आम्दानी गर्ने अवस्था छैन, एल्बमको लगानी के गरी उठाउने सोच छ ?
हो, एल्बम त बिक्री नै छैन । गीत हिट भयो भने स्टेज कार्यक्रमबाट कमाउने हो । अनि अर्को पाटो भने सिआरबिटीबाट आम्दानी गर्न सकिन्छ ।
हिजोआज तपाईंको हातमा स्टेज कार्यक्रम छ कि छैन ?
पूर्वतिर कार्यक्रम गर्दै आएको छु । यहाँ त म नयाँ जस्तै भएको छु । जति पनि मसँग कार्यक्रम छन्, ती सबै पूर्वकै जिल्लाका छन् । चाँडै विदेशमा पनि कार्यक्रम गर्दैछु ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु