नेपालीले टोपी दिवस मनाउँदा बाबुरामको टाउको दुखेपछि दिपकको आक्रोश डिसी र भण्डारीले मागे जवाफ

म्यूजिक खबर
प्रकाशित: १८ पुष २०७३, सोमबार

baburam-bhattaraiपौष १७, काठमाण्डौ । जनवरी १देखि पश्चिमेली देशहरुमा क्यालेण्डर परिवर्तन हुन्छ । क्यालेण्डर परिवर्तन गर्ने दिनलाई हरेक देशमा नयाँ वर्षको तथा पर्वको रुपमा मनाइन्छ । सन् २०१७ को जनवरी १ पनि भर्खरै सकिएको छ र पश्चिमेली सभ्यताका देशहरुमा यो पर्व धुमधामले मनाइयो पनि । नेपालमा समेत यस दिनलाई पर्वका रुपमा मनाइनेको संख्या पनि निकै ठूलो छ । तथापि आयातित सभ्यतामा मात्र रमाएर सन्ततीहरुलाई पश्चिमेली संस्कारमा हिंड्न सिकाउँदा राष्ट्रियतामा दाग नलाग्ला भन्न सकिन्न । जनवरी १ पनि मनाइयोस् देशको राष्ट्रियता झल्कियोस् भन्ने उदेश्यले जनवरी १ लाई ‘टोपी दिवस’का रुपमा मनाउँन थालिएको धेरै वर्ष भएको छैन । केहि वर्षको अन्तरालमै टोपी दिवसले लोकप्रियता पाइरहेको छ ।

तर जनतालाई मिलेर बस्नु पर्छ, एकले अर्काको धर्म संस्कृतिलाई आदर गर्दै आफ्नो पहिचानलाई संरक्षण गर्नुपर्छ भनेर नेता तथा नेतृत्व वर्गले सिकाउनु पर्नेमा यस्तो हुन सकेको छैन । नयाँ शक्ति पार्टीका संयोजक बाबुरामा भट्टराईले विश्वभर छरिएर रहेका नेपालीहरुले टोपी दिवस मनाइरहँदा राजाको श्रीपेच नै खोसे झैं खेद व्यक्त गरेका छन् ।

भट्टराईले सामाजिक सञ्जालमा ट्विट गर्दै ”टोपी दिवस रे अब बख्खु दिवस धोती दिवस … संविधान र राष्ट्रगानमा समेत बहुजाति र बहुसांस्कृतिक स्वीकारीसकेको देशमा एकलसंस्कृतिका कुरा कति जायज ?” भनेर प्रतिप्रश्न गर्दै टोपी दिवसको खेद गरेका छन् ।

baburam-bhattraiबाबुरामको यस्तो पहिचान विरोधी आशय देखेपछि राष्ट्रलाई माया गर्ने कसैले सहन सक्दैन । जसरी बाबुरामलाई टोपी दिवस मनाउँदा टाउको दुख्यो त्यसरी नै उनको आशय बुझेपछि आम नेपालीलाई टाउको दुखेको छ । यस्तै उनको आशयको विरोध गर्दै नेपालका चर्चित लोकप्रिय कलाकार दिपकराज गिरीले फेसबुक मार्फत बाबुरामको सवालको जवाफ दिएका छन् । मधेसीमुलका नेपालका प्रथम राष्ट्रपति रामबरण यादवले टोपी लाउँदा शोभा दिएन कि हामीले टोपी लाउँदा श्रीपेच नै लाएको जस्तो भयो ?  

बाबुराम सित जवाफ माग्दै दीपकराज लेख्छन्ः बिहानै टोपी लगाएको फोटो हालेको .. बाबुरामजीले देखि सहेनन् कमरेड, टोपीको दिबस मनाउदा धोतीलाइ किन समस्या ? भोलि धोती दिबस भयो भने टोपी वालालाइ के समस्या ? दशै मात्र मनाउने हामि अहिले ल्योसार, इद, क्रिसमस सब मनाउछौ यसो गर्दा झन् सहिष्णुता बढ्छ होइन र ?रामबरणजी ले टोपी लगाउनु हूदॉ उहॉलाइ सुहाएको थिएन र ? तपाइ धोती लगाउन तराइ पनि झर्नु भो त्यो ग़लत थियो र ? हामीले टोपी लगाउँदा पनि श्रीपेच नै लगाको जस्तो नगर्नुस न है ।

baburam-dc-giri

यस्तै आवाजका दुनियाँका साथीको उपनामले चिनिएका बहुमुखि कला धनि दिनेश डिसीले पनि बाबुरामको भनाईमा आपत्ती जनाउँदै जवाफ मागेका छन् । बाबुरामले राजनीतिका नाममा गर्दै आएका अपराध र गलत कदमका स्मरण गर्दै बाबुरामको भनाईप्रति डिसीले फेसबुकमार्फत टोपी लगाएर के-के कहाँ-कहॉ र क-कस्लाई चोट पुराए ? जबाव दिनु हुन्छकी ? भन्दै जवाफ मागेका छन् ।

डिसीको स्टाटस यस्तो छ: बाबुरामजी, आज विश्व भर रहेका धेरै नेपालीले टोपी दिवस मनाऊँदा तपाईलाई टाउको किन दुख्यो ? तपाईले ट्वीट गरेजस्तो हामीले टोपी दिवस मनाऊंदा बहु-जातीय, बहु-सांस्कृतिक सोचलाई कहाँनिर ठेस पुग्यो ? टोपी दिवस मनाउंदा बहु सांस्कृतिक भावमा चोट पुग्छ भने त झन ल्होसार, छठ, दंशै, तिहार, होली, शिवरात्रि, सरस्वती पुजा, ईद, तिज, क्रिसमस, ऊधौली, म्ह पुजा, महावीर जयन्ति(जैन), स्वस्थानी, गुरुनानक जयन्ति,फाल्गुनन्द जयन्ति, जनै पुर्णीमा, गठे मंगल त केही मनाउनै भएन ।

कुनैबेला भूमिगत हुंदा बाबुरामजी !

तपाईले गाई काट्न प्रेरित गर्नुभो, देउता नमान्न र धर्म र दंशै तिहार समेत नमनाउन सोझा नेपालीलाई प्रभावमा पार्नुभो । तर भूमिगत जीवन त्याग्ना साथ पहिला आफ्नो वुवा आमालाई मनोकामना भगवति दर्शन गराउन लानु भो ! दंशैमा आफ्नो बुवासंग टिका लगाको फ़ोटो सार्वजनिक गर्नुभो, तर पनि हामी बोलेनौं । किनकि तपाईमाथि त्यो बेला जनताको केही आश थियो ।

बाबुरामजी, टोपी दिवस , यो स्वत स्फूर्त मनबाट उठेको भावना हो । उहीले तपाईको पार्टीले सोझा नेपालीलाई थर्काएर जवरजस्ती नेपाल बन्द गराए जस्तो होइन ।

साश्त्र, संस्कार र संस्कृतिले पहीचान दिन्छ । टोपी मात्र होईन फेटा पनि हाम्रै हो । मुसलमान दाजुभाईको तागीया टोपी होस् वा पगरी छतरी वा गम्छा वा तामागं र शेर्पाको फरक सरपोश हुन् । सवै नेपालको हो र सवै नेपालीको पहिचान हो।सुरूवाल मात्र होइन,धोति र कछाड पनि हाम्रो हो। चौवन्दी, हाकुपटासी, बख़्खु, पांगदेन, मेख्ली, गुन्यू, फरिया र पटुकी हाम्रै हुन्। यी सब हाम्रा पहीचान हुन् । हामी सवैको पहीचानको सम्मान गर्छौ र संरक्षण हुनुपर्छ भन्ने मान्यता राख्छौं।

Sorry to write this but पहीचानको नाममा जाति र धर्म वीच, क्षेत्रवीच विवादको विष रोपेर राजनीति गरेर आज देशलाई मुडभेड र विखण्डनको मुखमा पुराउने नेताहरू मध्ये एक तपाई पनि हुनुहुन्छ जो पिएचडी डा=हुनुहुन्छ । तपाईले भारतीय अघोषित नाकाबन्दी पछी विभिन्न विषयमा दिंदै आउनु भएको अभिव्यक्तिले यस्तो देखाउंछ कि JNU को शिक्षामा कहीं त केही कमज़ोरी छ ।

नोटः दोस्रो र तेस्रो तस्वीरमा भारतीय सम्माननीय प्रम नरेन्द्र मोदी ज्यूले वेस्ट र नर्थ बंगाल भ्रमणमा नेपाली मुलका भारतीयहरूले उपहार स्वरूप दिएको नेपाली ढाका टोपी र खुकुरी क्रस सहीत भादगाउँले टोपी लगाएर के-के कहाँ-कहॉ र क-कस्लाई चोट पुराए ? जबाव दिनु हुन्छकी ! ऊहांबाट हामीले जे राम्रा कुरा सिक्नु पर्ने हो, त्यो खुल्लम खुल्ला सिकौं । जे सिक्नु हुंदैन,त्यो खुसुक्क सिक्न छोडौं ।

यस्तै अर्का लोकप्रिय संगीतकार टीका भण्डारीले पनि डा. बाबुराम भट्टराईको भनाइबाट चित्त दुखेको स्टाटस सार्वजनिक गरेका छन् । नेपाली पहिचान टोपी सहित सयौं तस्बिरमा बाबुराम खुशी भएको देख्दै आएका छौ तर पनि किन टोपी दिवसको विरोध ? भन्दै उनले पनि प्रश्न तेस्र्याएका छन् ।

संगीतकार भण्डारीको स्टाटस यस्तो छ :
”आखिर किन बिरोध गरे त बाबुरामले नेपालीले टोपी लगाउँदा टोपी दिवशमा ?
गुगल सर्च गर्दा भात गाउँले टोपीमा सजिएका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका विभिन्न समयका सयौं तस्बिरहरु भेटिन्छन, मक्ख देखिन्छन नेपाली टोपी लगाउँदा १ अरुले लगाउँदा किन बितृष्णा ? आफु जस्तै सबैले दिल्लीको जामा पहिरिएर हिडून भन्ने चाहना हो तपाईंको ?”

भण्डारीले आफ्नो स्टाटसमा बाबुरामले टोपी लगाएका  २ फोटो पनि सार्वजनिक गरेका छन् । baburam-bhattrai1

baburam-bhattrai

-सविता पोखरेल

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु