परिवारलाई सम्हाल्न गाह्रो भयो: प्रचण्ड

म्यूजिक खबर
प्रकाशित: ४ मंसिर २०७४, सोमबार

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले परिवारका अन्य सदस्यहरुलाई सम्हाल्न गाह्रो भइरहेको बताएका छन् । छोरीको निधन भएको तीन वर्षपछि एक मात्र छोरा प्रकाशलाई पनि गुमाएका प्रचण्डले ठूलो पीडा भइरहेको बताए ।

पुत्र वियोगको पीडामा रहेका दाहालले आफूलाई भेट्न सोमबार बिहान लाजिम्पाटस्थित निवास आएकाहरुलाई भने, जनताले हामीबाट अभिभावक जस्तै भूमिका खोजेको छ । हामीले धैर्य गर्नुपर्छ भनेपछि बिस्तारै नर्मल हुने तिर गएको छ । तर पीडा ठूलै छ ।’

 

आफूले पार्टीको लिडरको हैसियतले, हिजोको युद्ध, शान्ति सबै घटनाले रियलाइज गर्नसक्ने भन्दै परिवारलाई सम्हाल्न गाह्रो भएको बताए ।
पहिले छोरीको घटना र अहिलेको यो घटनाले विक्षिप्तता ल्याएको दाहालको भनाई छ ।

निकै भावुक देखिएका प्रचण्डले छोरा प्रकाश दाहालको श्रद्धाञ्जली सभामा र दाहसंस्कारमा सहभागी भएकाहरु सबैलाई धन्यवाद समेत दिए । शोकको समयमा सबैबाट रचनात्मक सहयोग पाउँदा आफ्नो परिवारलाई शक्ति प्राप्त भएको उनले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु