पुलिस अफिसर बन्छु

म्यूजिक खबर
प्रकाशित: २० असार २०७१, शुक्रबार

अफिला लामा, स्कुल प्रिन्सेस
स्कुल प्रिन्सेसमा आफूलाई विजेता बनिन्छ भनेर नसोचेकी अफिला लामा अकस्मात् स्कुल प्रिन्सेस हुन पुगिन् । कुनैबेला नसोचेको कुरा हुँदोरहेछ, त्यसले जीवनमा धेरे खुशी र उर्जा मिल्दोरहेछ, अफिला भन्छिन् । तर भविश्यमा पुलिस अफिसर बन्ने ठूलो लक्ष्य बोकेकी अफिला आफूलाई कलाकारितामा पनि निरन्तरता दिने सोचमा रहेकी छिन् । स्कुल प्रिन्सेस विजेता अफिला लामासँग म्यूजिक खबरका लागि नारायण ढकालले कुराकानी ः

स्कुल प्रिन्सेस बन्दा कस्तो अनुभव भइरहेको छ ?
मलाई यस प्रतियोगितामा शुरुको अडिशन दिँदा त्यति धेरै मान्छेहरु हुनुहुन्थ्यो र सबै जना एक सय एक हुनुहुन्थ्यो कता कता मनमा डर लागिरहेको थियो । म बिजेता हुन्छु भन्ने विश्वाश लागेको पनि थिएन । तर मनमा भने जसरी पनि जित्छु र स्कुल प्रिन्सेसको ताज पहिरिन्छु भन्ने सपना बुनिरहेकी थिएँ । अडिसन दिँदै जाँदा विजेता भएँ म आश्चर्यमा परेँ । त्यसैले मेरो खुशीको कुनै सीमा नै छैन ।

कति थिए प्रतिस्पर्धीहरु ?
काठमाडौं उपत्यकाको ८६ वटा स्कुलहरुबाट प्रतियोगीहरुले भाग लिएका थिए ।

स्कुल प्रिन्सेश बन्नको निम्ति कसको प्रेरणा मिल्यो ?
मेरो साथीको दिदी स्कुलमा आउनु भएको थियो । उहाँ मिस नेपाल हुनुहँुदो रहेछ, उहाँ बाट मलाई प्रेरणा मिलेको हो । र आज यहाँसम्म आउनको लागि उहाँको ठुलो हात छ ।

कुन स्कुलमा पढ्नु हुन्छ ?
न्यू होली गार्डेन स्कुलमा कक्षा दशमा पढ्दैछु ।
तपाईं त स्कुल प्रिन्सेसमा बिजेता भइसकेको व्यक्ति डान्स, अभिनय गर्न आउँछ की आउँदैन ?
हल्का आउँछ । सामाखुशी रानिबारीस्थित स्टार कलिउड कल्चरमा डान्स क्लास लिइरहेको छु । जहाँ कोरियोग्राफर भुवन लामाले डान्स सिकाउनु हुन्छ । उहाँको निर्देशनअनुसार म नृत्यमा पनि सफल बन्ने सोचमा रहेकी छु ।

भोलिको लक्ष्य के लिनुभएको छ ?
पुलिस अफिसर बन्ने मेरो ठुलो चाहना छ । साथै समाजसेवी बन्ने चाहना छ ।

पुलिस अफिसर बन्ने मान्छे किन स्कुल प्रिन्सेसमा भाग लिनुभएको त ?
यो क्षेत्र मलाई एकदम मन पर्छ । त्यसैले यो क्षेत्रमा पनि निरन्तर लागिरहन्छु । मिस नेपाल र मिस यूनिभर्समा पनि भाग लिने सोचमा छु । पुलिस अफिसर भन्ने मेरो चाहना भनेको पेशागत रुपमा रहे पनि कलाकारितालाई प्रमुखता दिने मेरो सोच रहेको छ ।
अन्त्यमा ?
मलाई हौसला, प्रेरणा र सहयोग गर्ने हातहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । मेरो बाबा, ममीलाई विषशे सम्झन्छु । र कार्यक्रम आयोजक आरती ईन्टरटेनमेन्टलाई विशेष धन्यावाद दिन चाहन्छु र तपाईहरुको आउँदा दिनहरुमा विशेष सहयोगको अपेक्षा गर्दछु ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु