फूलमाया कार्की फाउन्डेसनलाई ल्यापटप सहयोग

म्यूजिक खबर
प्रकाशित: १ भाद्र २०७३, बुधबार

काठमाडौं । समाजसेवाको भावनाले स्थापना भएको फूलमाया कार्की फाउन्डेसनलाई यतिखेर सहयोगी हातहरु अघि बढिरहेका छन् । ओखलढुंगाका अर्जुन गुरुङले फाउन्डेसनलाई एक ल्यापटप दिएर सहयोग गरेका छन् । ‘आज नगरे कहिले गर्ने, मैले नगरे कसले गर्ने’ भन्ने मूल नारालाई आत्मसात गर्दै फाउन्डेसनको लागि गुरुङले एक ल्यापटप हस्तान्तरण गरेका हुन् । गायक विरही कार्कीको आमा फूलमाया कार्कीको स्मृतिमा खोलिएको फाउन्डेसमा यतिबेला देशविदेशबाट सहयोग रकम जुट्न थालेको छ भने विदेशमा विभिन्न सहयोगार्थ कार्यक्रमहरुको पनि आयोजना भइरहेका छन् । मुलुकको दूरदराजमा रहेका विपन्न वर्गका पाँच जना बालबालिकालाई यस वर्ष कक्षा एकदेखि १२ सम्म निःशुल्क शिक्षा दिक्षा दिने उद्देश्य बोकेको यस फाउन्डेसनले मुलुकको अन्य भागमा पनि गरीब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको गायक कार्कीले बताए छ ।

birahi karki phoolmaya karki foundation
फूलमाया कार्की फाउन्डेसनले स्थापनाको छोटो अवधिमा नै दुई जना आर्थिक अवस्था कमजोर भएका विरामी बालबालिकालाई सहयोग गरिसकेको छ । मस्तिष्कघात र सुस्त मनस्थिति भएकी दाङ घर भई चितवनको दासढुंगामा बस्दै आएकी ६ वर्षीय शोभा श्रेष्ठको उपचारका लागि फाउन्डेसनका तर्फबाट सहयोग रकम दिइएको थियो । यस्ता सामाजिक कार्यमा सक्रिय रहँदै आएको फाउन्डेसनको कोष निर्माणमा अहिले देशविदेशका सामाजिक भावना भएका व्यक्तिहरु सक्रिय भएर लागेका छन् ।

arjun gurung_phoolmaya karki
नजिकिँदै गरेको तिजको अवसर पारेर गोरखा सेवा समाज यूएईले फूलमाया कार्की फाउन्डेसनको सहयोगार्थ तिज धमाका गर्दैछ । जसमा विरही कार्की, रञ्जिता गुरुङ र कोपिला गुरुङ त्यस कार्यक्रममा सहभागी हुन नेपालबाट जाँदैछन् । त्यस्तै गोरखा सेवा समाज क्षेत्रीय समिति अलऐनले पनि फाउन्डेसनको सहयोगार्थ तिज कार्यक्रम गर्दैछ । यस कार्यक्रममा भने विरही कार्की, कोपिला गुरुङ र सिर्जु अधिकारी आफ्नो प्रस्तुति दिन त्यसतर्फ जाँदैछन् ।

mumbai nasik teej
त्यस्तै भारतको मुम्बईमा पनि तिजकै छेको पारेर फूलमाया कार्की फाउन्डेसनको लागि सांस्कृतिक कार्यक्रमको आयोजना हुँदैछ । जसमा विरही कार्कीले आफ्नो सांगीतिक प्रस्तुति दिनेछन् ।

uae

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु