माइलीका काण्डै काण्ड

म्यूजिक खबर
प्रकाशित: १० आश्विन २०७०, बिहीबार

हुनेवाला श्रीमान्ले बेलायती गायिका माइली साइरसको तारिफ गरेको खबर गत साता सार्वजनिक भयो । त्यसको लगत्तै लियम हेम्सवर्थसँग माइलीको ब्रेकअप भएको समाचार पनि आयो । जानकारका अनुसार माइलीको उच्छृंखल क्रियाकलापबाट वाक्कदिक्क भएर लियम टाढिएका हुन् ।
म्युजिक भिडियोमा मुखमैथुन गरेको हाउभाउ गर्ने, स्टेज कार्यक्रममा सम्भोगको आसन प्रदर्शन गर्नेदेखि सञ्चारमाध्यसामु विनाहिचकिचाहट छाडा बोल्ने माइलीको स्वभावले अरूलाई त पिरोल्थ्यो भने लियमलाई किन नपिरलोस् ? लियमसँग ब्रेकअप भएकोमा माइली कत्ति दुःखी छैनन् । हालै उनी सार्वजनिक कार्यक्रममा जालीदार कपडाभित्र स्तन र निप्पलजस्तो देखिने ब्रा लगाएर उपस्थित भएकी थिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु