रुँदै गए आदित्य, एक महिनाभित्र नेपालमा अनिष्ट हुने (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ८ श्रावण २०७२, शुक्रबार

गुगल ब्वायको उपाधि पाएका आदित्य दाहाल उपचारका लागि अमेरिका जाने क्रममा रुँदै नेपाल छाडेका छन् । आदित्य स्वास्थ्य उपचारका लागि बिहीबार अमेरिका जाने क्रममा रुँदै अमेरिका उड्ने एक महिनाभित्र नेपालमा अनिष्ट हुने भविष्यवाणी गरेका हुन् ।
बिहीवार नै चार वर्ष पुरा गरी पाँचौं वर्ष लागेका आदित्य बाबु शेषराज र आमा ईश्वराका साथमा अमेरिका उडेका छन् । अमेरिका प्रस्थान गर्दा आदित्य लामो समय भक्कानिएका थिए । उनको आफन्तको जमघटमा उनको जन्मोत्सव पनि मनाइएको थियो । आफ्नो जन्मदिनको केट काटेर आदित्य अमेरिकातिर प्रस्थान गरेका थिए ।

Aditya-Dahal google boy

उनले अमेरिका प्रस्थान गर्दा नेपाल सरकारलार्इ अचम्मको प्रश्नसमेत लेखेका छन् । उनी लेख्छन्, नेपाल सरकारलाई धन्यवाद । म स्वस्थ भई फर्किने अपेक्षा गरेको छु ।’ पाँच वर्षीय आदित्य बोल्न सक्दैनन् । यद्यपि उनी नेपालीसहित अंग्रेजी, हिन्दी, कोरियान, जापानीज भाषामा लेख्न सक्छन् । आदित्यले अमेरिका जाने निश्चित भएपछि कापीमा लेखेका थिए – (‘म एक महिनापछि फर्कंदा नेपालमा आमुल परिवर्तन वा अनिष्ट हुन्छ ।’ बोल्न र हिँडडुल गर्न नसक्ने आदित्यसँग असाधारण क्षमता रहेको छ ।
साढे तीन वर्षको उमेरदेखि शारीरीक रुपमा अशक्त बनेका आदित्यको उपचार नेपालमा असम्भव भएपछि अमेरिकातर्फ लगिएको हो । यसअघि नै सरकारले आदित्यको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरिसकेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु