रुपम लिएर आए रुद्रशेखर

म्यूजिक खबर
प्रकाशित: ६ माघ २०७४, शनिबार

६ माघ, काठमाडौं । नव गायक रुद्रशेखर शर्माले रुपम एल्बम लिएर आएका छन् । गीतकार विपिन किरणको एकल शब्द रचना र संगीतकार नारायण सुवेदी आभासको संगीतमा गायक रुद्रशेखर शर्माले रुपम लिएर उदाएका हुन् ।


वरिष्ठ गायक प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यतामा रुपमलाई सार्वजनिक गरिएको हो । वरिष्ठ गीतकार यादव खरेल, एसपी कोइराला, डा.नवराज लम्साल, गीतकार संघका अध्यक्ष चुडामणी देवकोटा, रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, संगीतकार संघका उपाध्यक्ष शान्तिराम राई लगायतले संयुक्त रुपमा रुपमलाई सार्वजनिक गरेका हुन् ।


रुपम सार्वजनिक लगत्तै गायकले गीत प्रस्तुत गर्दै कार्यक्रमलाई स्वागत गरेका थिए भने गीतकार डा.नवराज लम्सालले एल्बमका गीतमाथि समीक्षा गरेका थिए । अबको गीतहरु समाजलाई उर्जा दिने खालको हुनेपर्ने निराशावादी धार छाडेर मायाप्रेममा पनि रमाउन जान्नुपर्ने बताएका थिए । विपिन किरण युवापुस्ताका नयाँ आशा लिएका चर्चित गीतकार हुन् लम्सालले भने –‘त्योसँगै गायकको नयाँ आवाज भए पनि भविश्य राम्रो देखिएको र संगीतकार नारायण सुवेदीको संगीतले फरकपन बोकेको छ ।’


त्यसैगरी सम्पूर्ण अतिथिहरुले रुपम एल्बमका तीन स्रष्टा रुद्रशेखर शर्मा, विपिन किरण र नारायण सुवेदी आभासलाई शुभकामना दिँदै संगीत क्षेत्रका विषयमा पछिल्लो समयका प्राप्ति र गीतसंगीतमा गरिएको लगानीका बारेमा चर्चा गरिएको थियो ।

एल्बममा दुख्दिनँ म, तिमी भन्छौ, चौबन्दीको तुनामा, माया मारी गीतलाई विपिन किरणले लेखेका छन् भने अलिकति तिम्रो रुपको बोलको गीत बोनस गीतका रुपमा तुलसी बस्नेतले लेखेका छन् । एल्बमलाई किरण क्रियशनले बजार उत्पादन तथा व्यवस्थापन गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु