संगीत क्षेत्रमा अर्बाैं लगानी, कलाकारले रोयल्टी पाएनन्

म्यूजिक खबर
प्रकाशित: ३ मंसिर २०७१, बुधबार

काठमाडौं । संगीत उद्योगमा निजी क्षेत्रको वार्षिक एक अर्ब ३५ करोड रुपैयाँ लगानी भइसकेको भए पनि सर्जकहरुले रोयल्टी पाउन नसकेको गुनासो गरेका छन् । बुधबार भएको व्यवस्थापितका संसदको विकास समितिमा सर्जकहरुले लगानी अर्बौं गर्दा पनि रोयल्टी नपाउँदा जीविकोपार्जन गर्न समस्या परेको गुनासो गरेका हुन् ।
संगीत उद्योगमा लागेका स्रष्टाहरुले रोयल्टी नपाउँदा लगानी डुबिरहेको अवस्थालाई नीतिगत गर्दै अब रोयल्टी नतिर्ने संस्थालाई संचालन हुन नदिने समितिका सभापति रविन्द्र अधिकारीले बताए । संगीतजन्य उत्पादनको सार्वजानिक प्रयोग गर्दा रोयल्टी तिर्नुपर्ने कानूनी व्यवस्था भएपनि त्यसको कार्यान्वयन नभएको संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेसचन्द्र अधिकारीले बताए । अधिकारीले नेपाल टेलिकमले २०६३ सालदेखि सीआरबीटीको सुरुवात गरे पनि त्यसबाट चित्तबुझ्दो रोयल्टी नपाएको र सरकारी स्वामित्वको नेपाल टेलिभिजनले समेत अहिलेसम्म रोयल्टी नतिरेको बताए ।
अधिकारीले छलफलमा भने ‘हामीले ३ रुपैयाँ लागतमा तयार हुने चाउचाउ १६ रुपैयाँ तिरेर खाइरहेका छौं’ ‘तर, ५०र६० हजार रुपैयाँ तिरेर उत्पादन गरेका संगीत सित्तैमा उपयोग भइरहेका छन् ।’ त्यसैले राज्यले हस्तक्षेपकारी भूमिका निर्वाह नगरे रोयल्टी उनठ्ने उनले बताए ।
त्यस्तै संगीतकार शान्तिराम राईले समाजमा ११ सय गीतकार र एक हजार संगीतकार गरी रोयल्ऽ्टी समाजमा २१ सय जना स्रष्टा आवद्ध भएका छन भने ५ सयभन्दा बढी स्रष्टाहरु अझै आवद्ध हुन सकिरहेका छैनन् भने । उनले समाजमा दर्ता भएका र नभएका गरी नेपालमा २६ सय जना गीतकार तथा संगीतकार नियमति संगीत सिर्जना गरिरहेका छन । दैनिक ७५ वटा रेकर्डिङ स्टुडियो छन्, वार्षिक एक अर्ब ३५ करोड लगानी भइरहेको छ, उनले भने ।
त्यस्तै दैनिक ७५ वटा गीत रेकर्ड भइरहेको र एउटा गीत रेकर्ड गर्न ३७ लाख ५० हजार रुपैयाँ लगानी भएको हुँदा २७ हजार नयाँ गीत उत्पादन हुँदै आइरहेको समाजले बताएको छ । त्यस्तै दैनिक १० वटा म्यूजिक भिडियो निर्माण हुने गरिएकोमा वर्षमा ५४ करोड रुपैयाँ म्यूजिक भिडियोमा लगानी भइरहेको तथ्यांकमा उल्लेख गरिएको छ । संगीत उद्योगमा यतिखेर करिब ५ हजारले रोजगार पाइरहेको समाजले बताएको छ ।
जसमा ‘वाद्यवाधक, एरेञ्जर, कम्पनी, डिजाइनर, डाइरेक्टर, मोडल, क्यामेरामेन, मेकअप म्यान र हेल्पर गरी ५ हजारभन्दा बढीले रोजगार पाएको छलफलमा बताइएको थियो । छलफलमा सर्जकहरुले वर्षमा ४० करोड राजश्व उठाउन सकिने आँकडा प्रस्तुत गरेका थिए ।
छलफलमा स्रष्टाहरुले सरकारले स्रष्टाको जीवनलाई सम्मानित बनाउन न्यूनतम सुविधा, भत्ता तथा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिदिनुपर्ने माग राखेका थिए । स्रष्टाहरुको सिर्जना प्रयोग गरी व्यापार गर्नेहरुलाई कानूनको दायरामा ल्याई रोयल्टी निर्तुपर्ने बाध्यात्मक व्यवस्था गर्नुपर्ने, स्वायत्त संगीत विकास बोर्डको गठन गर्नुपर्ने, नेपाली संगीतको स्तरलाई अन्तराष्ट्रिय संगीतसँग प्रतिस्पर्धा गर्नसक्ने बनाउनुपर्ने, रेडियो, टिभी, होटल, यातायात, रेस्टुराँहरुको नविकरणका लागि रोयल्टी तिरेको रसिद अनिवार्य गर्नुपर्ने लगायतका माग राखेका थिए । सर्जकहरुले सरकारले चासो दिने मात्र हो भने करोडौं राजश्व उठ्ने बताउँदै स्रष्टाको रोयल्टीले पनि स्रष्टाको जीवनयापनमा सुधार आउने र पलायन हुनबाट जोगिने बताएका थिए ।

फोटो : स्रोत

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु