सञ्चारमाध्यममा ललितकलाको महत्व र प्राथमिकता न्युन

म्यूजिक खबर
प्रकाशित: २७ फाल्गुन २०७२, बिहीबार

काठमाडौं । नेपाल ललितकला पत्रकार समाज र सिद्धार्थ आर्ट फाउण्डेशन एजुकेशन इनिसिएटिभले संयुक्त रुपमा राजधानीमा ‘सञ्चारमाध्यममा ललितकला’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा ललितकला र सञ्चारमाध्यममा आवद्ध व्यक्तित्वसँग साक्षात्कार गरिएको थियो । विधागत रुपमा संसारमा सबैभन्दा पुरानोमध्येको विधामा पर्ने ललितकला विषय आमसञ्चारमा भने कम प्राथमिकतामा परेको उक्त कार्यक्रममा यससँग सम्बन्धित सञ्चारकर्मीले बताएका छन् । कार्यक्रममा टेलिभिजन, रेडियो÷एफएम, अनलाइन तथा समाचार एजेन्सीमा ललितकलाको विषयलाई कम प्राथमिकता दिएको वक्ताहरुले बताए । सीमित स्रोत र जनशक्ति, सञ्चारकर्मीमा दक्षता र तालिमको अभाव, विज्ञापन र प्रायोजनको कमी जस्ता कारणले ललितकला जस्ता विषयले कम महत्व पाएको उनीहरुको भनाई थियो । सभ्यतालाई अघि बढाउने ललितकला जस्तो विषयलाई राज्यबाट नै प्राथमिकता दिइनुपर्ने, सञ्चारकर्मीलाई तालिम–प्रशिक्षण दिइनुपर्ने, ऐतिहासिक तथा स्तरीय कला प्रदर्शनीहरु भइरहनुपर्ने, कलासम्बन्धमा नियमित रुपमा अन्तर्क्रिया वा छलफलहरु भइरहनुपर्ने सुझाव पनि उनीहरुले दिएका थिए ।
कार्यक्रममा अनलाईन पत्रकार संघका अध्यक्ष प्रवेश सुवेदीले अनलाइन पत्रकारितामा ललितकलाको विषय कमै आएको बताए । यो विषयसँगको पहुँच तथा सीमित स्रोतका कारण नेपाली अनलाइनमा ललितकलाको विषय जोडिन नसकेको पनि उनको ठम्याई थियो ।

lalitkala

त्यस्तै नेपाल टेलिभिजनका प्रोग्राम प्रोडूयसर टंक उप्रेतीले नेपालमा टेलिभिजनले ललितकलाको विषयलाई समेटेपनि सोचेजति समेट्न नसकेको बताए । स्रोत र साधनको अभावले सभ्यता निर्माण गर्ने ललितकला विषयमा आम सञ्चारमा आउन नसक्नु दूर्भाग्य रहेको उनको धारणा थियो । नेपाली रेडियोमा ललितकलाको विषयलाई समयानुकूल अगाडि लैजान नसकेको बताउँदै क्यापिटल एफएमका निर्देशक व्याकुल पाठकले लामो इतिहास बोकेको सञ्चार माध्यमले कलालाई समेट्दै यसको विकासमा योगदान दिनुपर्ने बताए । विषयगत ज्ञानको कमीले कलाको विषयमा चाहेर पनि समाचार एजेन्सीले नेपालमा कलाको विषयलाई समेट्न नसकेको राष्ट्रिय समाचार एजेन्सीका वरिष्ठ कार्यकारी सम्पादक श्याम रिमालले बताए ।

lll
। समाजका अध्यक्ष केशवराज खनालले ललितकलाका विषयलाई आमसञ्चारमा अझ प्रभावकारी रुपले ललितकलाका विषयलाई जोड्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । फाउण्डेशन कार्यक्रम संयोजक प्रशान्त दासले सोफाजले सञ्चारमाध्यममा कला विषयलाई प्राथमिकता दिनका लागि प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु