सत्यकला र युवराज उत्कृष्ट गायक गायिका, छक्कापञ्जाको ह्याट्रिक

म्यूजिक खबर
प्रकाशित: २७ आश्विन २०७४, शुक्रबार

२७ आश्विन २०७४, चितवन । हरेक वर्षझैं कालिका एफएमले प्रदान गर्दै आएको यस वर्षको १३ औं कालिका म्युजिक अवार्डमा गायिका सत्यकला राई र गायक युवराज चौलागाईं उत्कृष्ट गायक गायिका बन्न सफल भए । एफएमको पन्ध्रौं वार्षिकोत्सव आयोजना गरिएको उक्त अवार्डमा गायिका राईले ‘¥याइँ¥याइँ ग¥यो सारङ्गी…’ र गायक चौलागाईंले ‘मनको दाग…’ गीतबाट अवार्ड चुम्न सफल भए । त्यस्तै संगीतकारतर्फ ‘फूल सरी…’ गीतबाट राजकुमार बगर उत्कृष्ट संगीतकार बन्न सफल भए भने चनाकारतर्फ एकनारायण भण्डारीले ‘म बाँचेकै…’ गीतबाट अवार्ड चुम्न सफल भए ।


त्यसैगरी चलचित्र ‘छक्का पञ्जा’ ले अवार्डमा हयाट्रिक गरेको छ । चलचित्रको ‘देख न चम्पा…’ गीतका लागि दीपक शर्मा फिल्मतर्फको उत्कृष्ट संगीतकार घोषित भए भने, शान्तिप्रिय उत्कृष्ट गीतकार बन्न सफल भए । ‘पूर्व–पश्चिम रेल..’ को युगल गायनमा राजनराज सिवाकोटी र अञ्जु पन्तले अवार्ड चुमे ।

 

त्यस्तै चलचित्रकै पाश्र्व गायनमा पुरुषतर्फ ‘म यस्तो गीत गाउँछु’ को ‘भन्छु आज…’ गीतका लागि सुगम पोखरेल र महिलातर्फ ‘२ रुपैयाँ’ को ‘कुटुमा कुटु…’ गीतका लागि मेलिना राईले अवार्ड चुमे ।


पप गायनतर्फ गायकमा ‘सुन साइँली…’ का लागि हेमन्त राना र गायिकातर्फ ‘नाइँ मलाई थाहा छैन…’ का लागि टीका प्रसाईंले अवार्ड उचाले । संगीतकारमा ‘तिम्रो चोलीको तुनामा…’ बाट हिमाल सागर र रचनाकारतर्फ ‘मलाई माया गर्ने..’ का लागि योगेन्द्रमणि दाहालले अवार्ड प्राप्त गरे । पप ब्यान्डतर्फ ‘सानीको…’ गीतबाट १९९४ एडीले अवार्ड चुम्न सफल भयो ।

लोकदोहोरीमा गायकतर्फ राजु परियारले ‘जानेलाई जान देऊ माया…’ का लागि अवार्ड पाए । गायिकातर्फ देवी घर्ती मगर ‘उही खोलीमा पानी…’ र लोकदोहोरी लयतर्फ ‘यो दाइ फेरि आउँदैन…’ का लागि शिरीष देवकोटाले अवार्ड चुम्न सफल भए । लोकदोहोरी शब्दतर्फ ‘सपनीमा आँसु…’ का लागि रमेश बीजीले अवार्ड जित्न सफल भए । लोकदोहोरीमा स्थानीय गायकतर्फ ‘मायाले हाँसेर खाऊ पानी..’ का लागि लक्ष्मी दाहाल र मध्य नेपाल गायनतर्फ मनोज महतोले ‘तिम्रो जवानीको झिल्को..’ का लागि अवार्ड पाए ।


वर्षको सर्वोकृष्ट गीतको अवार्ड भने ‘कुटुमा कुटु…’ का लागि राजनराज, मेलिना, राजन इशानले पाए । संगीत संयोजनतर्फ ‘भन्छु आज…’ गीतका लगि महाराज थापा र डेब्यु गायनतर्फ ‘सिरसिर हावासँगै..’ का लागि मीरा कार्कीले अवार्ड पाए । उत्कृष्ट गजलतर्फ ‘चिसो सहर..’ का लागि राज सागर र शीतल कादम्बिनीले अवार्ड पाए । राष्ट्रिय गीततर्फ विशाल ढकालको संगीतमा शिशिर योगी, संगीता पोखरेल र राजेन्द्र बजगाईंले गाएको ‘जहाँ स्वर्गभन्दा…’ गीतले अवार्ड चुम्न सफल भयो भने म्युजिक भिडियोतर्फ भने निकेश खड्काले ‘तिलहरी..’ गीतबाट अवार्ड चुम्न सफल भए । कार्यक्रम महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा गैँडाकोटको नारायणी रिसोर्टमा सम्पन्न भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु