सुहागको सौन्दर्य

म्यूजिक खबर
प्रकाशित: २६ पुष २०७४, बुधबार

म्यूजिकखबर । फेसनको संसार फस्टाउँदैछ । विदेशीहरुमा देखिएको फेसनले मात्र होइन स्वदेशी फेसनले पनि नेपालीहरुमा परिवर्तन ल्याएको छ । अझ भन्नु पर्दा नारीहरुले सबैभन्दा बढी फेसनका ड्रेसहरु खरिद गर्ने गर्छन् । सौन्दर्यतामा ध्यान दिने क्रममा नारीहरुलाई फेसनमा आकर्षण गरेको हुन्छ । राजधानी काठमाडौंमा पनि फेसनका स्टोरहरु बढ्ने क्रम जारी छ ।


सुपरमार्केट देखि बुटिकहरु संचालन गर्नेहरुको पनि दिनदिनै बढ्ने क्रम जारी छ । काठमाडौंको भाटभटेनीमा बुटिक, फेसन स्टोरहरु बढ्दै फेसन बजार हुने क्रममो छ । भाटभटेनी पिपलबोट अगाडि भर्खरै सुहाग फेसन नामक नयाँ आउटलेट खुलेको छ ।


भारतको सुरत गुजरातवाट आयात गरिएका यहाँका पहिरनहरुमा सारी ,कुर्ता ,लेहेंगा चोलीहरु लगायत हरेक किसिमका महिलाका पहिरनहरु पाइन्छ । सुहाग फेसन स्टोरको उद्घाटन कलाकार सरिता लामिछानेले गरेकी हुन् ।


काण्ठमाण्डौ नक्साल भाटभटेनी मुख्य सडक लाईनमा खुलेको सुहाग फेसन एण्ड ट्रेडिङलाई दीपा थापाले सञ्चालनमा ल्याएकी हुन जहाँ गुजरातमा बनेका विभिन्न डिजाईनका ब्रान्डेड कुर्ता सलवार, लेहेगा तथा साडीहरु पाईन्छन ।


उक्त आउटलेटमा सेमि स्टिच तथा फूल स्टिचमा बनेका २५ सय देखि ३० हजार सम्मका क्लोथ वेयर किन्न पाईने सञ्चालक थापाको भनाई छ । विश्वमै चर्चित टेक्सटाईल उत्पादनको क्षेत्रका रुपमा चिनिने गुजरातमा उत्पादित क्लोथ वेयर त्यस माथि पनि लेडिज वेयर पहिलो प्रायोरिटी स्वरुप मुम्बई एक्सपर्ट हुने गर्दछ भने त्यस पश्चात मात्र कलकत्ता, दिल्ली र चेन्नाईमा निर्यात हुने गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु