२०७० मा क–कसलाई गुमायो संगीत क्षेत्रले

म्यूजिक खबर
प्रकाशित: १ बैशाख २०७१, सोमबार

सुमन बैरागी
यो वर्ष संगीत क्षेत्रले ठूलै क्षति बेहोर्नु प¥यो भन्दा फरक पर्दैन । संगीतको उचाइमा पुगेका धरोहरहरु जो संगीतमा आफ्नो उचाइ भन्दा पनि संगीतको उचाइ बढाउतिर तल्लिन रहेका थिए । ती व्यक्तित्वहरु संगीत क्षेत्रले गुमाउनु पर्दा ठूलो क्षति भएको छ । वरिष्ठ गायक संगीतकार फत्तेमान राज भण्डारी, गायक तीर्थ बहादुर गन्धर्व, गायक एवं सारङ्गीवादक जंगबहादुर गन्धर्व, संगीतकार सुन्दर थापा हुँदै उदयीमान गायिका मन्जु महतसम्म यो क्षेत्रले गुमाउनु प¥यो । एकपछि अर्को गर्दै संगीत क्षेत्रले राम्रा संगीतज्ञ, गायक गायिकालाई अब कहिल्यै नपाउने गरी गुमाएको छ । तर उनीहरु मरेर गए पनि अमिट छाप छोड्न भने सफल भएका छन्, जसका कारण उनीहरु अमर छन्, उनीहरुको कला जीवित छ र सम्झनयोग्य छन् ।
फत्तेमान राजभण्डारी, गायक एवं संगीतकारfatteman_rajbhandari_1964950186
गत भदौ २४ मा वरिष्ठ गायक तथा संगीतकार फत्तेमान राजभण्डारीको ७६ वर्षको उमेरमा निधन भएको हो । फोक्सोको क्यान्सरबाट पीडित गायक तथा संगीतकार फत्तेमानको ओम हस्पिटलमा उपचारका गर्दागर्दै निधन हुन पुगेको थियो । १९९३ मङसिर १३ मा जन्मिएका गायक राजभण्डारीले ४०० भन्दा बढी कालजयी गीत र भजनमा स्वर तथा सङ्गीत दिएका छन् । गायक फत्तेमान राजभण्डारीका ‘मर्न बरु गाह्रो हुन्न, यस्तो पनि हुँदो रैछ, सान्नानीको गालैमा कालो कोठी रैछ, वनै खायो डढेलोले, रातो र चन्द्र सूर्य लगायतका गीत सदाबहार रुपमा बजिरहन्छन् । साढे पाँच दशकदेखि नेपाली सांगीतिक फाँटमा निरन्तर सक्रिय रहँदै आएका फत्तेमान वासु शशि स्मृति परिषद््का उपाध्यक्ष समेत थिए ।
तीर्थ बहादुर गन्धर्व, गायकtirtha-thapa-gandarva
गत भदौ २७ वरिष्ठ लोकगायक तीर्थबहादुर गन्धर्वलाई संगीत क्षेत्रले गुमाउन पुग्यो । एक्कासी रक्तचाप बढेपछि छाउनी हस्पिटल पुगेका गायक तीर्थबहादुर गन्धर्वको उपचारकै क्रममा निधन भएको थियो । मधुमेहका विरामी समेत रहेका गन्धर्वले करिब दुई सयभन्दा बढी गीत गाइसकेका गायक गन्धर्वले दुई वर्ष अगाडि मात्र रेडियो नेपालको जागिरबाट अवकाश लिएका थिए । २०१० सालमा दुधेकुना तनहु“मा जन्मिएका गायक तीर्थबहादुर गन्धर्वका बल्ल प¥यो माकुरी जालैमा निकै चर्चित गीत हो । विशेषगरी मौलिक संस्कृतिमा आधारित रहेर समाजमा भएको घटनाक्रमलाई आधार मानेर गन्धर्व गीतहरु सबैभन्दा बढी गीत गाउन सफल गन्धर्व लोकसंस्कृतिको धरोहर नै मानिन्छन् ।
जंगबहादुर गन्धर्व, गायक एवं सारङ्गीवादकjunga bahadur gandharba
गत मंसिर ११ गते वरिष्ठ सारङ्गीवादक एवं गायक जंगबहादुर गन्धर्वलाई पनि संगीत क्षेत्रले गुमाउनु प¥यो । एकपछि अर्को गर्दै संगीत क्षेत्रमा अपुरणीय क्षति भइसकेको अवस्थामा उनको अवसानले पनि सारङ्गीको तार टुटेको महसुस संगीतकर्मीबीच हुन थाल्यो । गायक एवं कुशल सारङगीवादक जंगबहादुर गन्धर्वको करिब एक महिना जति निमोनियाबाट थलिएपछि उपचारका क्रममा निधन भएको हो । दाङमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउँदै आएका ६३ वर्षिय जंगबहादुरले जारौं गीतमा सारङगीको धून दिएका छन् । रेडियो नेपालमा लामो समयसम्म सारङ्गीवादकका रुपमा जागिरे रहेका गन्धर्वले पछिल्लो समयका उक्त जागिर छाडेर स्टुडियोहरुमा सारङगी बजाउन व्यस्त भएका थिए । उनका सारङगीको धून नामक एल्बम एवं केही फुटकर गीतहरु पनि रेकर्ड भएका छन् ।
मन्जु महत, गायिकाmanju
गायिका मन्जु महत चढेको स्कुटरलाई दुईवटा माइक्रोबसले चेपुवामा पारेपछि घाइते भएकी महतको उपचारका क्रममा निधन भएको हो । केही म्यूजिक भिडियोमा मोडिलिङ र दुई दर्जभन्दा बढी गीतमा स्वर दिइसकेकी गायिका मन्जु महत पछिल्लो समयकी चल्तीकी गायिकाको रुपमा चिनिन्थिन् । कास्कीको भरतपोखरीमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउँदै आएकी महतले छोटो समयमा राम्रा गीत दिन सफल भएकी थिइन् । स्टेज प्रोग्रामहरुमा सक्रिय रहँदै आएकी गायिका महतको चैत १५ गते शनिबारका दिन २८ वर्षको अल्पआयूमा निधन भएको हो । पछिल्लो समय सबैले रुचाइएकी गायिकाको रुपमा उनलाई लिइएको थियो । उनले गाएको गीत हिरामोतीझैं, गाउँमा घर बेसी टारी खेत, नभन है कसैलाई भन्न हुँदैन, सोह्र दुना आठ जस्ता चर्चित गीहरु हुन् ।
सुन्दर थापा, संगीतकारSundar-Thapa (1)
संगीतकार सुन्दर थापा थोरै तर चर्चित गीतहरुमा संगीत भर्न सफल व्यक्तित्वमा पर्छन् । पुरानो डुंगा बोलको गीत कर्णदासले गाएका हुन् तर संगीतकार सुन्दर थापाको संगीतमा तयार पारिएको गीत हो । क्यान्सर पीडित सुन्दर थापा चीनमा रहेर व्यवसाय गर्दै आएका थिए । उनको गत चैत १८ गते उपचारको क्रममा नै निधन भएको हो । पोखरेली संगीतकारका रुपमा आफ्नो छुट्टै पहिचान बनाएका संगीतकार थापाले नमुना, सुकृति, आशय र साधना गरी चार वटा एल्बम बजारमा ल्याएका छन् भने चलचित्र कैदीमा समेत संगीत भरेका छन् । पुरानो डुंगा, पोखरा शहर हेर्दमा राम्रो, व्यर्थै फेरी घाइते मुटु बल्झियोजस्ता कालजयी गीत दिन सफल थापाको ४१ वर्षको उमेरमा निधन हुन पुगेको हो । जसले गर्दा संगीत क्षेत्रलाई क्षति माथि क्षति थपिरह्यो ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु