पूर्व प्रधानमन्त्री केपी ओलीले गरे साहित्यकार अनु शाहको कवितासंग्रह ‘अनुराग’ को लोकार्पण

म्यूजिक खबर
प्रकाशित: १६ कार्तिक २०८०, बिहीबार
Anu Shah's Anurag

काठमाडौं । साहित्यकार अनु शाहको कवितासङ्ग्रह ‘अनुराग’ लोकार्पण भएको छ । कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट कवितासङ्ग्रह ‘अनुराग’को लोकार्पण गरिएको हो । लोकार्पण पछि बोल्दै पूर्व प्रधानमन्त्री ओलीले साहित्यकार अनु शाहका बारेमा प्रशंसा गरेका थिए । कविता कवि जस्तो र कवि कविता जस्तो भएको भन्दै उनले साहित्य सिर्जनामा अनु शाहको कदम प्रशंसनीय र अनुकरणीय भएको बताएका थिए । स्तन क्यान्सरबाट पीडित रहेकी साहित्यकार अनु शाहलाई हौसला दिँदै ओलीले आफ्नो उदाहरण दिँदै समय अनुसार उपचार पाइने हुँदा पाइने निश्चिन्त भएर उर्जाका साथ अगाडि बढ्न प्रेरित गरे ।

मिलाप मासिकको आयोजनामा भएको उक्त कार्यक्रमको सभापतित्व कवि अनु शाहले गरेकी थिइन् । कार्यक्रमलाई स्वागत गर्दै ‘अनुराग’का प्रकाशक सूर्य चन्दले रोगसँग लड्दालड्दै पनि उर्जा बटुल्नका लागि पुस्तक प्रकाशन गरिएको बताएका थिए । चन्दले आफ्नो धर्मपत्नी अनु शाह साहित्य, संगीत र चलचित्र क्षेत्रमा क्रियाशील रहँदै आएकोमा समयको खेलसँगै आएका उतारचढावलाई जित्ने शाहस बटुलेर कवितासङ्ग्रह सार्वजनिक गरिएको बताए । उनले पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट सार्वजनिक गर्ने इच्छा पूरा भएको बताउँदै उहाँ साँच्चिकै सबैको ‘बा’ भएको बताएका थिए ।

कार्यक्रमका विशेष अतिथि नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले कवि अनु शाह एक सशक्त साहित्यकार भएको बताएका थिए । मल्लले शाहको साहित्य, संगीत र चलचित्रसँग समर्पणको प्रशंसा गरेका थिए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार, निर्देशक प्रकाश सायमी, साहित्यकार पुरुषोत्तम दाहाल, पत्रकार ऋषि धमालले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा मिलाप मासिकको तर्फबाट विभिन्न व्यक्तिहरुलाई कभर सम्मान प्रदान गरिएको थियो । त्यस्तै अनुराधा फिल्म्स इन्टरटेनमेन्टको तर्फबाट वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, वरिष्ठ साहित्यकार निर्देशक प्रकाश सायमी, अनेसास वोस्टन च्याप्टर अध्यक्ष महेश्वर पन्त, गीतकार अमर वान्तु, कलाकार तथा कृषि अभियन्ता शेखर खनाल, नेपाल सेल्फ डिफेन्सका अध्यक्ष डा.डीबी रानापाल, अनुरागका सम्पादक रमेश दाहाल, पत्रकार गीता अधिकारी, निर्देशक माधवराज खरेल, गीतकार सुमन बैरागी, व्यवसायी प्रकाश श्रेष्ठ, सौन्दर्यविद् रश्मिला श्रेष्ठ, समाजसेवी राजेश विसुराल, समाजसेवी दुर्गा विसुराल, समाजसेवी नरेश पाण्डे, समाजसेवी निकिता पाण्डे, गायक लक्ष्मण श्री, ट्याटु आर्टिष्ट सुमिना श्रेष्ठ, युवा व्यवसायी बालकृष्ण खड्का, व्यवसायी रेशम बहादुर थापा, सौन्दर्यकर्मी रेनु रानामगर, सौन्दर्यकर्मी रचना शाक्य, सौन्दर्यकर्मी देवी महर्जन, फेसन डिजाइनर काजल शर्मा, कीर्तिमानी सगरमाथा आरोही पुरुषोत्तम नेपाली, भिडियो निर्देशक प्रहिल कार्की, मानवअधिकारकर्मी राजु बन्जाडेलाई व्यक्ति विशेष सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा अनेसासका पूर्व अध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, वरिष्ठ गायिका एवं राजनीतिज्ञ कोमल वली, राजनीतिज्ञ शान्ता चौधरी, नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, साहित्यकार खेमनाथ दाहाल, वरिष्ठ कलाकार लय संग्रौला, अभिनेत्री शर्मिला मल्ल, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, वरिष्ठ गायिका देविका बन्दना, वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ गीतकार भरत बमजन लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण संचारकर्मी, गायक तथा संगीतकार सरोज कोइरालाले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु