• rishiram kattel

    म्यूजिक खबर
    प्रकाशित: २१ आश्विन २०७०, सोमबार

    नेपाली संगीतको विकास र प्रवद्र्धनमा पत्रकारीताको माध्यमबाट योगदान पु¥याएवापत पत्रकार ऋषिराम कट्टेलसहित २ पत्रकारलाई शास्त्रीय संगीत पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । यसै वर्ष स्थापना गरिएको लक्ष्मण शमशेर शास्त्रीय संगीत पत्रकारीता पुरुस्कार २०७० कान्तिपुर दैनिकका पत्रकार पारश नेपाल र साप्ताहिक हिमाल खबरपत्रिकाका पत्रकार कट्टेललाई प्रदान गरिएको हो । ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा शास्त्रीय संगीतको श्रीवृद्धिको लागि योगदान पु¥याएको भन्दै नेपालका पहिलो गभर्नर हिमालय शमशेर राणाले पुरस्कृतद्वयलाई १० हजार रुपैंयाँ र ताम्रपत्रसहित प्रदान गरे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु