नायकद्वय सलोन बस्नेत र आमेश भण्डारी अब गायक पनि (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २८ कार्तिक २०७६, बिहीबार

काठमाण्डौ। नायकद्वय सलोन बस्नेत र आमेश भण्डारी गायक बनेका छन् । ‘मेरो लागि तिमी …’ बोलको गीतमा सलोन र आमेशले स्वर दिएका छन् भने अभिनय पनि आँफैले गरेका छन् । यस गीतमा सलोन-आमेश आँफैले शब्द लेखेका छन् भने संगीत रोमन बज्राचार्यले भरेका छन् ।

गीत संगीतको आफ्नो सौख पुरा गर्न बेला बेला आफुले गीत गाउने गरेको नायक बस्नेतले बताए । ‘अभिनय र गायन दुवैमा मेरो लगाव छ । अभिनयमा अलिक बढि नै समय दिनुपरेकोले गायनमा खासै आउन सकेको थिईन, अब भने केहि गीतहरु लेख्ने तथा गाउने योजना बनाईरहेको छु’ उनले बताए । नायक भण्डारीले गीत संगीतमा आफ्नो क्षमता छ जस्तो लागेर कहिले काहिँ गीत गाउने गरेको बताए । ‘अब भने म निरन्तर गीत संगीतमा लाग्ने योजना छ । सोहि कारण पनि नयाँ यूट्युब च्यानल समेत शुरु गरेका छौँ’ भण्डारीले बताए ।

सलोन-आमेशको हालै सार्वजनिक गीतले युवतीप्रतिको आकर्षण दर्शाउँछ । गीतको भिडियोलाई सुशिल बाबु क्षेत्रीले निर्देशन गरेका छन् भने दिन्सन शाहको सम्पादन रहेको छ ।

भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु