भोलि गायक सुमित खड्का ‘देशको आवाज–४’ नामक एकल साँझमा गुञ्जिने

म्यूजिक खबर
प्रकाशित: २६ आश्विन २०८०, शुक्रबार

काठमाडौं । राष्ट्रभाव बोकेका गीतहरु गाएर छुट्टै पहिचान बनाएका गायक सुमित खड्का एकल साँझमा गुञ्जिने भएका छन् ।

‘राष्ट्रको लागि संगीत’ भन्ने नारा सहितको एकल साँझको– ‘देशको आवाज–४’ नाम दिइएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा भोलि दिनको २ः३० बजेबाट प्रारम्भ हुने साँझमा गायक खड्काले उपस्थित दर्शकलाई राष्ट्रिय भावनाले ओतप्रोत गीतहरु सुनाउनेछन् ।

कार्यक्रममा गायक गायक खड्काले आफ्ना लोकप्रिय पुरानादेखि नयाँ राष्ट्रिय भाव बोकेका १६ गीतहरु प्रत्यक्ष वाद्यवादनसहित एकल प्रस्तुति दिने भएका छन् ।
गायक खड्काका अनुसार कार्यक्रममा गीतसंगीतलाई माया गर्ने दर्शक तथा स्रोतालाई निःशुल्क रूपमा टिकटको व्यवस्था गरिएको छ ।
चलचित्र पाश्र्व गायन, आधुनिक गायनमा आफूलाई निरन्तर क्रियाशील रहँदै आएका गायक खड्काको एकल साँझका लागि चयन भएका गीतहरुमा –हाम्रो गौरब हाम्रो झन्डा, हिमाल पहाड तराई, राजनीति, यो देश हाम्रो देश, पहिलो भाइ पाहाडमा, कहाँ म जन्मे, यो देशको हावा, उत्तरीका सेता हिमाल, सारा सन्सार, हिमाल हेरेर, नेपालीको मनमा, म हु एउटा मान्छे, तिम्रो पनि रगत, हामी पहिले नेपाली, बिरको छोरा, हाम्रो देश हामी नेपाली रहेको गायक खड्काले म्यूजिक खबरलाई बताए ।

कार्यक्रममा गायक खड्कालाई लोकप्रिय गायिकाद्वय प्राश्ना शाक्य र अन्जु गौतमले साथ दिने छन् ।

नेपाल सांस्कृतिक महासंघको सहकार्यमा हुने कार्यक्रमलाई स्पार्क एडभरटाइजिङले आयोजना गर्ने भएको हो भने कार्यक्रमलाई मोरङ समाज काठमाडौंले प्रवर्धन गर्ने भएको छ ।

यसअघि उनले ‘देशको आवाज’, ‘देशको आवाज–२’ र ‘देशको आवाज–३’ गरिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु