विदेशमा नेपाली संगीत पेशा हुनै सक्दैन

म्यूजिक खबर
प्रकाशित: १९ मंसिर २०७०, बुधबार

सुमेर ज्ञवाली, गायक
संगीत क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
संगीत क्षेत्रमा मैले प्रवेश गरेको भन्दा पनि मलाई सरस्वति माताको आशिर्वादले नै यो क्षेत्रमा भित्रिएको हुँ । म सानै छँदादेखि नै मैले अग्रज कलाकारहरुको गीत गाउने गर्थें । पछि गएर रत्नराज्य क्याम्पसमा औपचारिक संगीतको अध्ययन गरेँ । त्यसपछि म संगीतमा निरन्तर लाग्ने प्रणका साथ अघि बढेको हुँ ।
विदेशमा रहेर पनि एल्बम निकाल्नुभएको छ, यसलाई कसरी लिनुभएको छ ?
विदेशमा नेपाली संगीत पेशा हुनै सक्दैन । खासगरी एल्बम निकाल्नुलाई सोखको संज्ञा दिनुपर्छ । सोख, पेशा बाहेक पनि संगीतको पृथक पहिचान बनाउनु पर्छ भन्ने मेरो धारणा छ । यदि हाम्रा अग्रजहरुले संगीतलाई पेशा र सोखमा मात्रै सीमित राखेको भए हामीजस्ता उहाँहरुको पथप्रदर्शक हुने थिएनौं । हामी केही सिक्न खोज्ने कलाकारहरु दिशाविहीन हुन्थ्यौं होला ।
गायक बन्न कत्तिको गाह्रो रहेछ ?
एकातिर गायक बन्न गाह्रो छ र अर्कोतिर त्यस्तो गाह्रो पनि देख्दिनँ । मात्र कस्तो गायक बन्ने र के गाउनेमा आफैंले न्याय गर्ने मात्रै हो । गायक बन्नुको पछाडि भोलीको भविश्यमा कसरी छाप छोड्न सकिन्छ र श्रोताहरुको माझमा आफ्नो पहिचान कहाँनेर राख्न सकिन्छ भन्ने कुरा प्रमुख हुन आउँछ । तर साधनाबिना गायक बन्छु भन्दा त्यो सफल भने हुन सक्दैन ।

summer.indd

योग कस्तो एल्बम हो ?
योग विभिन्न किसिमका गीतहरुको एउटा संग्रह हो । यसलाई कुन श्रेणीमा राखेर हेर्ने भन्ने कुरा मैले स्रोताहरुलाई नै जिम्मा दिएको छु । तर योग समग्रमा सांगीतिक साधनाको योग हो, यसले विगत र वर्तमानलाई उजागर गरेको छ ।
अन्त्यमा ?
परदेशमा थोरै नेपाली संगीतकर्मीमाझ व्यस्त जीवनलाई केही समय निकालेर संगीतमा खर्चिएको छु । मैले नारायण गोपाल, भक्तराज, गोपाल योञ्जन, नातिकाजीलगायतका विभिन्न अग्रज कलाकारहरुलाई आफ्नो गरिमा ठानेर नै अगाडि बढ्न खोजेको छु । मेरो यो प्रयत्नलाई सबैले साथ दिनुहुनेछ र आगामी दिनमा म निरन्तर तपाईंहरुलाई सांगीतिक कोसेली दिइरहनेछु भन्ने प्रण गर्दछु ।

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु