के लोकदोहोरीमा सेन्सर चाहिएकै हो ?

Posted On: Sunday, June 1st, 2014

शिव सुवेदी कोठामा बसरे दिदीहरुसँग लोकदोहोरीको कार्यक्रम हेरिरहेको थिएँ, त्यसैबेला कुनै एउटा गीत बज्यो टिभीमा । त्यसको भिडियो पनि अलि फरक नै थियो, त्यो भिडियो हेर्दा दिदीले अली अप्ठ्यारो मान्नुभएछ । म्यूजिक भिडियो हेर्दाहेर्दै दिदी कोठाबाट निस्कनु भयो । मेरो दिमागमा कुराहरु खेल्न थालिहाले र एउटा विषय पनि बनाएँ ‘के लोकदोहोरीमा सेन्सर चाहिएकै हो त ? लोकले गाउने गीत वा भनौं लोकको गीत – लोकगीत यही लोकको गीतलाई सवाल जवाफमा गाउन थालियो भने दोहोरी गीत लोकलयमा आधारित सवाल जवाफ समेत…


किन हेपिन्छन् दोहोरी ?

Posted On: Thursday, May 8th, 2014

शिव सुवेदी नेपाल कला संस्कृतिमा धनी राष्ट्र हो, हामीले सदियौंदेखि यो भन्दै सुन्दै आइरहेका छौं । हामी गीतसंगीतमा लागेका सबै गीतकार, संगीतकार, गायक, गायिका सरस्वती माताका सन्तान हौं । चाहे आधुनिक, चलचित्र लोकदोहोरी जुनसुकै विधामा कै हौं । तर आजको संगीतका कुरा गरिरहँदा र व्यक्तिगत रुपमा लोकदोहोरीमा लागिरहेका एउटा गीतकारको रुपमा भोगेका घटनाक्रमलाई नियाल्दा केही शब्द लेख्न मन लाग्यो । हिजोआज चलचित्र तथा आधुनिक विधामा लागेर चलेका वा चल्न संघर्ष गरिरहेका केही व्यक्तिहरुले लोकदोहोरीलाई हेर्ने दृष्टिकोण अलि फरक नै छ…


अलिविदा मन्जु

Posted On: Monday, March 31st, 2014

काठमाडौं, १७ चैत । गायिका मन्जु महत हाम्रो सामु अब कहिल्यै नफर्किने गरी हाम्रो सामुबाट विदा भएर गइन् । उनले धेरैलाई नचाइन्, धेरैलाई हँसाइन् र मनोरञ्जन दिने क्रममै उनका स्वरहरुले मन्त्रमुग्ध गराइरहे तर अन्त्यमा उनले सबैलाई रुवाएरै विदा भइन् । अब हामीले खोजेर पनि उनलाई पाउँदैनौं, मात्र उनका स्वरमा सजिएका गीतहरुले मात्रै उनलाई अमर बनाइराख्ने छ । उनी मरेर पनि बाँचिरहनेछिन् । ५ वर्षे छोरी र १७ महिने छोराका लागि चिची, पापा ल्याउने उनको इच्छा अब पूरा भएन । उनको…


किन एकल साँझ गर्ने निर्णय गरेँ ?

Posted On: Saturday, February 8th, 2014

सन्तोष श्रेष्ठ । म आफूलाई परिचय दिलाउनु पर्दा एउटा संगीतकार हुँ । म सिक्दै गरेको, सिर्जनाको सागरमा पौडिदै गरेको तर पूर्ण पाठ पढिनसकेको एउटा संगीतको विद्यार्थी हुँ । मैले पूर्ण संगीतकार हुन धेरै कुरा सिक्न बाँकी छ । तर एउटा संगीकार बन्दासम्मको मेरो पृष्ठभूमिले मलाई एउटा बाटो देखायो जुन बाटो म आज एउटा एकल साँझ गर्ने निर्णयमा पुगेँ र यसलाई जीवन्तता दिन लागिरहेँ । दाङ जिल्लाको हापुरमा जन्मिएर आजको यो संगीत यात्रासम्म आइपुग्दा मेरो पृष्ठभूमी भनेको एउटा गायक बन्ने सपनाभित्र…


एल्बम पद्धति समाप्त हुने अवस्थामा

Posted On: Tuesday, January 14th, 2014

सन्तोष श्रेष्ठ कुनै पनि पद्धतिको सुरुवात हुनु र समाप्ति हुनु स्वाभाविक प्रक्रिया जस्तै लाग्न सक्दछन् । तर सबै विषयहरुमा एउटै तरिका लागू हुन्छ भन्न सकिँदैन । विशषगरी नेपाली गीतसङ्गीतको विषयको कुरा गर्दा एल्बम पद्धतिको आफ्नै प्रकारको एउटा महत्वपूर्ण स्थान रहेको पाइन्छ । एक वा एक भन्दा बढी गीतसङ्गीतलाई एकै ठाउँमा जम्मा गरेर राख्ने पद्धति नै एल्बम पद्धति हो । यो पद्धति धेरै पक्षबाट पनि राम्रो मानिएको विषय हो । कुनै पनि गीतसङ्गीत सिर्जना गर्नु भनेको त्यति सजिलो काम होइन ।…


फिल्ममा रुवाउने रुवाएरै अस्ताए

Posted On: Thursday, December 12th, 2013

एमपी सुब्बा नेपाली चलचित्र क्षेत्रले एक कुसल निर्देशकलाई गुमाएको छ । कुसल र सफल निर्देशक मानिएका शिव रेग्मीको निधनले चलचित्र क्षेत्रलाई मात्र नभई राष्ट्रलाई नै क्षति भएको छ । मृगौला रोगबाट पीडित रेग्मीको उपचारकै क्रममा सोमबार निधन भयो । ६ महिनायता राजधानीस्थित बयोधा अस्पतालमा उनको उपचार हुँदै आएको थियो तर, उपयुक्त उपचार हुन नसक्दा ४९ वर्षको उमेरमा देह त्यागे । जीवन सुख–दुखको संगम मान्ने रेग्मी आफ्नो भनाइमा सधैं अढिक थिए । उनी निर्मित चलचित्रमा धेरै जसो सुख–दुःखका कुरा नै समेट्थे…


संगीतमा राजनीतिक प्रभाव

Posted On: Tuesday, December 3rd, 2013

सन्तोष श्रेष्ठ सङ्गीत प्रिय विषय अर्थात् सबैको हृदयको आभास । किनकी एक जना स्रष्टाले आफ्नो हृदयको कल्पना वा यथार्थतालाई सङ्गीत मार्फत् थुप्रै श्रोताहरुको माझमा प्रस्तुत गर्न खोजेको हुन्छ तर जब उसले प्रस्तुत गरिदिएको विषय श्रोतामाझमा पुग्दछ । त्यो कुनै एक राष्ट्रको मात्रै नभएर थुप्रै श्रोताहरुले प्रिय सिर्जना बन्न सफल हुन्छ । सङ्गीत आफैंमा एक कोमल विषय हो । सङ्गीत हृदयबाट स्वतःस्फूर्त प्रस्फुटित विषय भएका कारण एउटा स्रष्टाले केवल आफ्नो भावना प्रस्तुत गरिदिएको विषय पनि धेरैको हृदयको ढुकढुकी अर्थात् मीठो रोजाईको…


सारङ्गीको तार छिनेपछि….

Posted On: Friday, November 29th, 2013

सुमन बैरागी सारङ्गीको धून, जसले मानिसको मनमस्तिष्कसम्म एउटा सामिप्यता गाँसेको हुन्छ । गाउँमा छँदा हामीले घर घरमा सारङ्गी बोकेर देशका विभिन्न ठाउँमा भएका घटनाहरुको विवरणसहित सांगीतिक धूनमा सारङ्गीलाई रेट्दै हिंडेको देखेका थियौं । त्यतिबेला हामीले हाम्र अग्रजहरुलाई उहाँहरु को हो ? भनेर सोध्दा भन्नुहुन्थ्यो ‘गाइने दाइ हुन्’ । दिन दिनै घरमा गीत बोकेर सांगीतिक कोसेली दिने ‘गाइने दाइ’ का सूचनाहरु गीतका माध्यमले हामी रमाइलो गरेर सुन्ने गथ्र्यौं । कहिले पल्लो गाउँको ठूलेले गाउँकी चेलीलाई बम्बइमा बेच्यो रे भन्ने गीत सुनिन्थ्यो…


गजल सङ्गीत ः परिवर्तनशील की शास्त्रीय

Posted On: Thursday, September 26th, 2013

गजललाई परिभाषित गर्नेहरु विभिन्न रुपमा देखा पर्न थालेका छन् । जुन बेला गजल लेखनलाई श्रृंगारिक हिसाबमा लिइन्थ्यो त्यतिखेरको समयमा गजलमा सङ्गीत गर्नेहरुको कमी थियो वा सङ्गीतमा ढालिएको थिएन । साहित्यिक गोष्ठीहरुमा वाचनमा मात्र सीमित राखिएको थियो । गजलको सिद्धान्तमा रहेर शब्दहरुलाई चयन गर्दै श्रृंगारिक रसमा लेखिने गरेको गजलले पछिल्लो समयमा आएर विभिन्न विषयवस्तुमाथि पनि केन्द्रीत रहँदै शब्द पस्किन थालिएको छ । जस्तो मायाप्रेम, मिलन बिछोड, देश, परिवेषसँग पनि गजललाई कोर्न थालिएको छ । सबै विषयवस्तुमा केन्द्रीत रहेर गजल लेखिन थाले…


अँध्यारोतिर धकेलिएको तिज संस्कृति

Posted On: Saturday, September 7th, 2013

सन्तोष श्रेष्ठ तिज हिन्दु महिलाहरुको सबैभन्दा महत्वपूर्ण चाड हो । विभिन्न चाडपर्वका गीतहरु जस्तै तिजसँग पनि गीतसंगीतको सम्बन्ध गहिरो रहेको छ । विश्वका विभिन्न स्थानहरुमा रहेका मानिसहरुले विभिन्न चाडपर्वहरु मनाइरहेका हुन्छन् । त्यस्तै चाडपर्व मनाउने सिलसिलामा मनाइने तिज पनि जोडिएर आएको पाइन्छ । यसरी चाडपर्वहरु मनाउने क्रममा पश्चिममा मनाइने चाडपर्वहरु प्रायः इसाई धर्मसँग सम्बन्धीत रहेका छन् भने भारतीय उपमहाद्धीपमा मनाइने धेरै प्रायः हिन्दु धर्मका पृष्ठभूमिमा प्रचलनमा आएका पाइन्छन् । त्यसकारण तिज पर्वको सम्बन्ध धर्मसँग पनि जोडिएको पाइन्छ । तिज पर्वलाई…