प्रतिष्ठानले कहिल्यै शिव वि.क.को कदर गरेन

Posted On: Monday, February 6th, 2017

शिव वि.क., निर्देशक चितवन जुटपानी ४ मा जन्मिएका निर्देशक शिव वि.क. गाउँको नृत्य, विहे, पूजा, स्कुलको कार्यक्रम लगायतका कार्यक्रमबाट सांस्कृतिक कार्यक्रममा नृत्य गर्दै काठमाडौं आइपुगेका हुन् । काठमाडौं ५१ सालमा प्रवेश गरेका निर्देशक वि.क. आफूलाई आँगनबाटै आएको कलाकार मान्छन् । नाचको शौखिन निर्देशक वि.क. काठमाडौं अध्ययनका लागि छिरेका थिए तर घरायसी कारणले अध्ययनमा जान नपाएपछि क्यासिनो, स्टेज कार्यक्रम हुँदै निर्देशनको यात्रातर्फ अगाडि बढेका हुन् । करिब ३५०० म्यूजिक भिडियोको निर्देशन गरिसकेका शिव वि.क.सँग म्यूजिक खबरका लागि प्रधान सम्पादक सुमन बैरागीले…


मलाई लोकदोहोरी गायिका भन्नमा गर्व लाग्छ

Posted On: Monday, January 23rd, 2017

राधिका हमाल, गायिका देउडामा राम्रो चल्न थालेपछि लोकदोहोरीतर्फ प्रवेश गर्नुभएको हो ? त्यस्तो होइन, म लोकदोहोरीमा प्रवेश गरेपछि नै देउडातिर चल्न थालेको हुँ । देउडामा पनि मेरो राम्रै चर्चा भयो । गीतसंगीतको पहिलो स्थान मलाई लोकदोहोरीले नै दिएको हो । दुःखै दुःख बोलको गीतबाट मैले प्रवेश गरेको हुँ तर मेरो गायनयात्रामा भने अहिलेसम्म सुखै सुखको महशुष गरेकी छु । अहिलेसम्म कति गीतमा स्वर दिनुभयो ? संख्यात्मक हिसाबले मैले ५ हजारभन्दा माथि गाइसकेको छु । गायनकै क्षेत्रमा पछिल्लो समय प्रतिस्पर्धा निकै…


मिडियासँग नजिक हुने फर्मुला जान्न पाए हुन्थ्यो: दुर्गा परियार, गायिका

Posted On: Thursday, January 5th, 2017

संगीतमा स्थापित हुने श्रेय कसलाई दिनुहुन्छ ? खोजी प्रतिभा सिजन १ लाई नै जान्छ । नेपाल टेलिभिजनबाट प्रसारण हुने यो कार्यक्रम हेरेर बस्नेहरुले मेरो गायन क्षमतालाई हेरेर आर्थिक सहयोग जुटाइदिनु भयो, दर्शकहरुले सबैतिरबाट मेरो क्षमतालाई मन पराइदिनु भयो, जुरीको गाइडलाइनअनुसार मैले सिक्दै गएँ । सायद मेरै लागि खोजी प्रतिभा भएको थियो भन्ने लागेको छ । एसियन पेन्टस् र दिनेश डिसी नभइदिएको भए खोजी प्रतिभा हुन्थेन र खोजी प्रतिभा नभएको भए सायद म गायनमा हुने थिइनँ । जुन कार्यक्रम सिजन २…


मेरो सबैसँग प्रतिस्पर्धा हुन्छ –माण्डवी त्रिपाठी

Posted On: Thursday, December 15th, 2016

नेपाली पाश्र्व गायनमा चर्चाको शिखरमा रहेकी गायिका माण्डवी त्रिपाठी नेपाली सांगीतिक फाँटमा स्थापित नाम हो । लोक गीत गायनबाट सांगीतिक धरातलमा पाइला टेकेकी सुमधुर स्वरकी धनि गायिका त्रिपाठीले लोकपप, आधुनिक, तीज र चलचित्रमा गरि दुईहजार भन्दा बढी गीतमा स्वर दिएर‘भर्सटायल’ गायिकाको छवि बनाइसकेकी छिन् । पछिल्लो समयमा देश तथा विदेशमा आयोजना हुने स्टेज कार्यक्रमहरुका लागि रोजाईमा पर्ने गायिकाहरु मध्येकी एक गायिका माण्डवी त्रिपाठीसँग म्यूजिक खबरका लागि सविता पोखरेलले गरेको सांगीतिक कुराकानी । सांगीतिक क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ? मेरो घर परिवारको…


‘मैले गाउन थालेपछि पैसाको वर्षा हुनथाल्यो’

Posted On: Thursday, December 1st, 2016

रामकृष्ण ढकाल, गायक आवरणको खबर कस्तो छ ? एकदमै राम्रो छ । जताततैबाटै राम्रो रेस्पोन्स पाइरहेको छु । मिडिया र यूट्यूबको भ्यूअर्स हेर्दा धेरै राम्रो भएको पाएको छु । गीतहरु पनि फरक छन् । यसको शीर्ष गीत ‘म लडेको’ एकदमै राम्रो रेस्पोन्स बटुल्न सफल भएको छ । अन्य गीतहरु पनि चर्चा बटुल्ने क्रममा नै छन् भने म हुरीमा दियोले त इमेज अवार्डसमेत चुमिसकेको छ । आवरणभित्रको कुन गीत बढी मन पर्छ ? म लडेको बोलको गीत नै बढी उचाइमा देखिन्छ…


संगीतको सागरमा आनन्दित जीवन बाँचिरहेको छु: मनोजराज

Posted On: Saturday, October 29th, 2016

मनोजराज शिवाकोटी नेपाली गीतसंगीतको क्षेत्रमा एउटा चर्चित गायक हुनुहुन्छ । उदयपुर जिल्लाको रिस्कु गाबिसमा बुबा मन्दिर शिवाकोटी र आमा मन्जु सिवाकोटीको जेठो छोरा हुनुहुन्छ गायक मनोजराज । नेपाली सांगीतिक क्षेत्रमा दर्जनौं गीतमा स्वर दिइसकेका मनोजराज आधुनिक गीतगजलको क्षेत्रमा उच्चकोटीका गायकका रुपमा चिनिन्छन् । शास्त्रीय संगीतमा समेत दख्खल राख्ने मनोजराज आफूलाई सिक्दै गरेको संगीतको विद्यार्थी बताउँदै आउनु भए पनि यतिबेला धेरैलाई संगीत शिक्षा दिँदै आइरहनुभएको छ । हिट्स एफएम म्युजिक अवार्ड, म्युजिक खबर अवार्ड, इमेज अवार्ड, क्यापिटल नेशनल अवार्ड, राप्ती समाज…


समाजले गीतलाई नकरात्मक भन्नै सक्दैन : गीतकार विश्व देवकोटा

Posted On: Wednesday, March 23rd, 2016

गीतकार विश्व देवकोटा सुरुवाती पेशाले हेर्दा शिक्षक । शिक्षण पेशा छाडेपछि नेपाल सरकारकै स्रोत व्यक्तिका रुपमा विभिन्न जिल्लामा कार्यरत हुनुहुन्छ । गत वर्ष मात्र म्यूजिक खबर म्यूजिक अवार्डमा उत्कृष्ट एल्बमको अवार्ड प्राप्त गर्न सफल गीतकार देवकोटाले गीति लेखनको सुरुवातीदेखि नै पाएको सफलतालाई निरन्तरतामा बदल्दै हुनुहुन्छ । स्कुलदेखि नै शिक्षण पेशामा गीतका माध्यमले मनोरञ्जन प्रदान गर्दै आउँदा एकातिर विद्यार्थीलाई बुझाउन सजिलो हुने र अर्कातिर आफ्नो क्षमताको पनि सदुपयोग हुने गीतकार देवकोटा बताउनुहुन्छ । गीतलाई हेर्ने दृष्टिकोण समाजले यतिबेला नकारात्मक रुपमा लिनै…


दुरुपयोग भन्ने काम मैले जिन्दगीमा गरेकै छैन

Posted On: Sunday, March 13th, 2016

चेतन सापकोटा, संगीतकार/निर्माता चैत ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र भाग सानी भागका निर्माता एवं संगीतकारसमेत रहेका चेतन सापकोटा आफूले चलचित्र उद्योगमा लागेर दुरुपयोग भन्ने काम कहिल्यै नगरेको बताउँछन् । एउटा मौलिक, एवं सामाजिक कथावस्तुमा निर्माण गरेको चलचित्र भन्न रुचाउँछन् भाग सानी भाग लाई । नवल नेपालको निर्देशन एवं पटकथामा निर्माण भएको चलचित्र भाग सानी भागलाई सापकोटा बाहेक विष्णु चापागाईं, सहदेव गौतम, विलोल पोखरेलको लगानी रहेको छ । प्रस्तुत छ, भाग सानी भाग चलचित्रको प्रदर्शनको क्रममा संगीतकार निर्माता चेतन सापकोटासँग…


शास्त्रीय गायनको पुनरागमन हो पल्लवीः संगीतकार श्रेष्ठ

Posted On: Tuesday, January 26th, 2016

संगीतकार सन्तोष श्रेष्ठ यतिबेला १६ औ्र एकल संगीतको गीतिसंग्रह लिएर आएका छन् । आफ्नो संगीतको दौरानमा भोगेका तीतामिठा अनुभवभित्र पल्लवीले एउटा नयाँ पाटोलाई समर्पण गरेको अनुभव उनीसँग छ । पल्लवीमा गरिएका संगीतले शास्त्रीय बाटोतर्फ मोडिएको बेला उनका लोकआधुनिक गीतहरुले नेपाली संगीतबजारमा छुट्टै पहिचान बनाएको छ । तर शास्त्रीय संगीत पछिल्लो समयमा कमै मात्रामा बजारमा देखिने हुँदा पल्लवीले शास्त्रीय संगीतलाई पुनरागमन गरेको अनुभूत छ, संगीतकार श्रेष्ठसँग । गीतकार नृपध्वज खड्काको एकल रचनामा तयार भएको पल्लवी विमोचन गरिएसँग उनीसँग म्यूजिकखबरले गरेको कुराकानीः…


वेटरबाट गायिका बनेँ : गिरी

Posted On: Sunday, December 6th, 2015

कसको होला छोरो, कुन संसारमा जाऊँ जस्ता गीतले चर्चामा आएकी गायिका मिरा गिरी यतिबेला खरबारीमा बोलको गीतबाट चर्चा बटुल्दैछिन् । गाइघाट, कटारी नपा ७ उदयपुर घर भएकी गायिका मिरा गिरी यतिबेला लोकदोहोरीमा चर्चा बटुल्ने क्रममा छिन् । दोहोरी साँझमा वेटर बन्दै आधारभूत आवश्यकता पूर्ति गर्दै आएकी मिरा गिरी यतिबेला भने व्यवसायिक गायिकाको रुपमा कार्यरत छिन् । वेटरबाट गायिका बनेकी यिनको सानैदेखि लक्ष्य नै गायन थियो । म्यूजिक खबरका लागि समुन बैरागीले गायिका मिरा गिरीसँग गरेको कुराकानीः कहिलेदेखि गायनमा लाग्नुभयो ?…