‘मेरो प्रयास’ भन्दै आए टिबी

Posted On: Thursday, April 10th, 2014

काठमाडौं, २७ चैत । नेपाली सांगीतिक क्षेत्रमा अर्का गायक तथा संगीतकारको उदय भएको छ । यसअघि लोक गायनमा रमाउँदै आएका गायक टिबी पाख्रिन यसपटक आधुनिक गीति एल्बम ‘मेरो प्रयास’ लिएर श्रोतामाझ आएका छन् । पूर्वेली जुनतारा म्युजिक प्रालिले बजारमा ल्याएको उक्त एल्बमको मंगलबार राजधानीमा एक समारोहबीच कवि तथा राष्ट्रिय गीतका रचनाकार ब्याकुल माइलाले सार्वजिक गरे । एल्बम सार्वजनिक गर्दै कवि ब्याकुलले भने, ‘टिबी नेपाली सांगीतिक क्षेत्रमा उदयमान प्रतिभाका रुपमा देखिएका छन् ।’ गायक तथा संगीतकार टिबीको ‘मेरो प्रयास’ पहिलो एकल…


सांस्कृतिक कार्यक्रममा जेष्ठ नागरिकलाई सम्मान

Posted On: Tuesday, April 8th, 2014

मकवानपुर, २६ चैत । मनहरीका युवाहरुले मनहरी बजारको राष्ट्रिय रोटरी स्कुलको प्रांगणमा एक सांस्कृतिक कार्यक्रमको आयोजना गरी म्यूजिकल प्रस्तुति प्रदान गरेको छ । कार्यक्रममा बृहद् सांगीतिक समारोह समेत सञ्चालन गरिएको थियो सांगीतिक माहौलमा राष्टिय लोक गायक बिरही कार्की, नेपालकै पहिलो चेपाङ गायक रविनकुमार चेपाङ, सुन्दर लामा लगायतको लोक प्रस्तुति गरेका थिए । त्यसैगरी क्रेजी ५५, प्लन्क, गुरख र अन्तिम यात्रा ब्याण्डले राति अबेरसम्म सांगीतिक प्रस्तुति दिएको थियो । उक्त अवसरमा मनहरीका युवाहरुले २१ जना जेष्ठ नागरिकलाई नगदसहित सम्मान गरेका छन्…


चेपाङ छात्रालाई सहयोग हस्तान्तरण

Posted On: Tuesday, April 8th, 2014

मकवानपुर, २५ चैत । मकवानपुरको डाँडाखर्कस्थित एक विद्यालयका गरिव छात्रालाई नगद ५० हजार रुपियाँ पढाई खर्च प्रदान गरिएको छ । डाँडाखर्कस्थित कमलादेवी माविमा कक्षा ९ मा अध्ययनरत छात्रा मुना चेपाङलाई सुनखानी म्युजिक प्रालिका तर्फबाट नगद सहयोग गरिएको हो । सुनखानी म्युजिकले गत फागुन २९ गते काठमाडौँमा आयोजना गरेको विरही कार्की एकल साँझबाट संकलित रकम चेपाङ छात्रालाई हस्तान्तरण गरिएको हो । मनहरीमा आयोजित एक समारोहमा नगद हस्तान्तरण गर्दै लोकगायक विरही कार्कीले पढाई खर्चका लागि आफूले सहयोग गरेको बताए । स्कुलले गरिब…


नवोदितमा कलाकारको जित

Posted On: Tuesday, April 8th, 2014

काठमाडौं, २५ चैत । नवोदित विद्याकुञ्ज सामाखुशीमा भएको मैत्रीपूर्ण खेलकूद कार्यक्रममा कलाकारले शिक्षकलाई हराउँदै जित हासिल गरे । कलाकार, अभिभावक र शिक्षाबीचको मैत्रीपूर्ण भविबल खेलमा कलाकारले दुई खेल जितेका थिए भने शिक्षकले एक खेल मात्रै जित्न सफल भएका थिए । बेष्ट अफ थ्री भलिबल खेलमा कलाकारले दुई खेल जित्दै शिक्षकलाई हराउन सफल भएका हुन् । पहिलो खेलमा कलाकारले २५–१८ मा शिक्षकलाई हराएका थिए भने दोस्रो खेलमा शिक्षकले २५–१९ मा कलाकारलाई हराएका थिए । तेस्रो खेलमा भने कलाकारले २५–२० को अन्तरमा…


रमेशराजको बबाल भो (फोटो फिचर)

Posted On: Tuesday, April 8th, 2014

गोपिकृण्ण चापागाई काठमाण्डौं, २४ चैत । नेपाली लोकदोहोरी एवं आधुनिक क्षेत्रमा निकै नाम कमाएका गीतकार, संगीतकार एवं गायक रमेशराज भट्टराई यतिखेर चर्चाको सिखरमा रहेका छन् । संगीत क्षेत्रमा ५० जति लोकदोहोरी गीतसमेत गाइसकेका उनले अ‍ैगले आएर ‘बबाल भो’ आधुनिक गित बजारमा ल्याएर चर्चा बटुल्न सफल भएका हुन् । माया लाको उनले र मैले दुनियाँलाई के सवाल भो, आज फेरी पापी शहरमा बबाल भो, बबाल भो माथिका शब्दमा सजिएको उक्त गीत यतिखेर सबैको मुखमा गुनगुनाएको सुन्न पाइन्छ । यसभन्दा अघि उनका…


बाग्लुङमा मस्ती गर्दै साहिमा

Posted On: Sunday, April 6th, 2014

काठमाडौं, २३ चैत । गायिका साहिमा श्रेष्ठ यतिखेर बाग्लुङमा मस्ती गर्दै छिन् । गायिका श्रेष्ठले पश्चिमाञ्चल औद्योगिक मेलाका अवसरमा मस्ती गर्ने मौका पाएकी हुन् । आउ गरौं मस्ती मस्ती भन्दै उनले बाग्लुङमा भइरहेको औद्योगिक मेलाका अवसरमा दर्शकहरुलाई आनन्द प्रदान गर्न सफल भएकी हुन् । गायिका श्रेष्ठले हेरेको हेरेकै म हुन्छु होला, आउ गरौं मस्ती लगायतका गति प्रस्तुत गरेर दर्शकहरुलाई मनोरञ्जन दिएकी हुन् । केही समयअघि मात्र दिल्लीको प्रोग्राम सकेर नेपाल आएपछि निरन्तर देशभित्रकै मेला महोत्सवमा व्यस्त रहेकी गायिका साहिमाले बाग्लुङको…


दिवस र मलिनाको पातले वनमा रोमान्स (फोटो फिचर)

Posted On: Friday, April 4th, 2014

काठमाडौं, २२ चैत । आजभोलि नजिक पार्क नभएका कारण युवायुवतीहरु टाढा टाढा धाएरै भए पनि रोमान्स गर्न भने पछि हट्दैन । नाम चलेका हुन् या भर्खरका जोडी नै किन नहुन् रोमान्स गर्न पाउँदा कसैको मतलव नै राख्दैनन् । पातले बनमा रोमान्स गर्नेहरुमा दिवस र मलिना पनि परेका छन् । उनीहरुको रोमान्सले नयाँ मोड लिएको छ । पातले वनमा आवाज मागिरहेकी मलिनालाई आवाज दिन गएका दिवससँग रोमान्स मात्र होइन धेरै कुरा भयो । योगेन्द्रमणि दाहालको शब्दमा तयार भएको आवाज देउ बोलको…


संगीतकार थापाको निधन । रहेन पुरानो डुंगा

Posted On: Friday, April 4th, 2014

काठमाडौं, २१ चैत । संगीत क्षेत्रमा क्रियाशील रहँदै आएका संगीतकार सुन्दर थापाको निधन भएको छ । कर्णदासले गाएको गीत पुरानो डुंगाको संगीतकार थापाको घाँटीको क्यान्सरका कारण ४१ वर्षको उमेरमा निधन भएको हो । कुनै समय नेपाली सांगीतिक क्षेत्रमा पोखरेली संगीतकारका रुपमा चर्चा कमाउन सफल थापाको चीनको ग्वान्जाउमा गत मंगलवार असामयिक निधन हुन पुगेको हो । नेपाली चलचित्र ‘कैदी’ मा संगीत दिएका थापाको ‘नमुना’, ‘सुकृति’, ‘आशय’ र ‘साधना’ गरी चार एल्बमसमेत प्रकाशनमा आएको छ । पूरानो डुङगा, व्यर्थै फेरी घाइते मुटु…


निष्ठुरीको यादमा रुँदै विष्ट (भिडियो सहित)

Posted On: Friday, April 4th, 2014

काठमाडौं, २१ चैत । प्रेम वियोगमा रुनेहरु संसारमा नै धेरै व्यक्ति होलान् । प्रेम पीडामा रुँदारुँदै कसेले त आत्महत्या नै गरेको घटनाहरु पनि सुन्न पाइन्छ भने धेरैले वियोगमा नै गीत सिर्जना गर्ने र आफ्नो आँसुलाई पुछ्ने गर्छन् । गीतकार हरि विष्ट पनि आजभोलि निष्ठुरीको यादमा तड्पिँदैछन् । निष्ठुरीको यादमा तड्पिएर गीतकार विष्टले धेरै गीत लेखिसकेका छन् । अर्काको जोडी हेरेर आफ्नो विछोडको भावलाई उनले राम्रोसँग शब्दमा उतार्ने गर्छन् । एउटा सबल गीतकारमा हुने क्षमता विष्टभित्र पनि लुकेको रहेछ भन्ने प्रेम…


बजारमा ‘चाहेरै मात्र’

Posted On: Thursday, April 3rd, 2014

काठमाडौं, २० चैत । एक वर्षअघि ‘माया पिरती’ नामक लोक आधुनिक एल्बम निकालेर गायनमा प्रवेश गरेका गायक चिरञ्जीवी भन्डारी हिजोआज कलेक्सनमा गाउन व्यस्त छन् । हालै सार्वजनिक भएको एल्बम ‘चाहेर मात्र’ मा भन्डारीले तीनवटा गीतमा स्वर दिएका छन् । आफूले गाएका तीनवटै गीत श्रोताले रुचाएको उनले बताए । ‘चाहेर मात्रै’ गीतकार शंकर कँडेलेको सोलो एल्बम हो, जसमा चाहेर मात्र, स्वस्थ व्यस्त, शंका गर्ने बानी, मेरै भरपरजस्ता पाँचवटा गीत छन् । तीमध्ये दुई गीतमा स्वरुपराज आचार्य र दुर्गा खरेलले स्वर दिएका…