पेरी ट्विटर सेलिब्रेटी

म्यूजिक खबर
प्रकाशित: २९ कार्तिक २०७०, शुक्रबार

न्युयोर्क (एजेन्सी) । अमेरिकन गायिका केटी पेरी ट्विटरमा सर्वाधिक फ्लोअर्स गरिएकी सेलिब्रेटी बनेकी छन् । यी गायिकाका ४ दशमलव ६ करोड भन्दा बढी फ्लोअर्स छन् । यो समाचार बनाइरहँदासम्म पेरीलाई ट्विटरमा फ्लोअर्स गर्नेको संख्या ४ करोड ६६ लाख ७१ हजार ५३ पुगेका थिए ।
२९ वर्षीया गायिका पेरीले यसअघि सर्वाधिक फ्लो गरिएका गायक जस्टिन बिबरलाई समेत पछाडि पारेका छन् । बिबर अहिले पेरीभन्दा थोरैले मात्र पछि छन् । बिबरको पछिल्लो समय ४ करोड, ६५ लाख ८३ हजार ८ सय ६० जना फ्लोअर्स छन् । यसअघि बिबर यसैवर्षको जनवरीमा ट्विटरमा फलो सर्वाधिक गरिएका सेलि ब्रेटी बनेका थिए । ट्विटरमा धेरै फ्लो गरिने सेलिब्रेटीमा गायिका लेडी गागा तेस्रो नम्बरमा छिन । उनका अहिले ४ करोड ४२ लाख २ हजार ८ सय ५५ फ्लोअर्स छन् । यस्तै अमेरिकी राष्ट्रपति बाराक ओबामा ट्विटरमा पाँच नम्बरमा छन् । चौथोमा पायदान छन् ।
फेसबुकमा भने पेरीभन्दा गागा अगाडि छिन् । फेसबुकमा गागालाई लाइक गर्नेको संख्या ६ करोड बढी छन् भने पेरीलाई लाइक गर्नेको संख्या ५ दशमलव ९ पुगेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु