• प्रतिष्ठानले खारेज ग¥यो दुर्गेशको साधारण सदस्यता

    म्यूजिक खबर
    प्रकाशित: २४ श्रावण २०७८, आईतवार

    काठमाडौं । चर्चित मोडल दुर्गेश थापा पछिल्लो समयमा गायकका रुपमा स्थापित हुँदै गर्दा उनले विभिन्न आरोप प्रत्यारोप खेप्दै आएका छन् । ‘बीचबीचमा’ गीतबाट गायनको यात्रामा उनी देखिँदै आएपछि तिजको मेसो आउनेवित्तिकै उनी गायकका रुपमा नयाँ गीत ल्याउन थालेका थिए । उनको गीतले एकपछि अर्को विवादको श्रृंखला पनि थप्दै गयो । अन्ततः यसपालीको तिजमा बजारमा ल्याएको गीतले भने उनलाई प्रतिष्ठानको साधारण सदस्यबाटसमेत हटाउने गरी निर्णय गराउन बाध्य भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय कार्यसमितिले जारी गरेको प्रैस विज्ञप्तिमा उल्लेख छ । प्रतिष्ठानले दुर्गेश थापालाई गीत रेकर्ड हुनुअगावै सुझाव दिँदा पनि शब्दचयनमा ध्यान नदिएको हुँदा २०७८ असार १७ गते बसेको केन्द्रिय समितिको बैठकबाट विधानको परिच्छेद (७) धारा (२६) को उपधारा १ बमोजिम साधारण सदस्य नरहने गरी सदस्यता खारेज गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु