कसैको गोजीको लगानीले यो अवार्ड भएको होइन

म्यूजिक खबर
प्रकाशित: २९ जेष्ठ २०७४, सोमबार

सिङ्गो लोकदोहोरी क्षेत्रको स्तरोन्नतीका लागि अवार्ड आयोजना गरेका हौं

pom narayan sapkota

पी.एन. सापकोटा
अध्यक्ष, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिति


 

समग्रमा लोकदोहोरी अवार्ड कस्तो खालको अवार्ड हो ?
यो विशुद्ध लोक तथा दोहोरी गीतको क्षेत्रमा क्रियाशील कलाकारहरुको सम्बद्र्धन एवं प्रबद्र्धनका लागि गरिएको अवार्ड हो । सरकारी क्षेत्रबाट लोकदोहोरी कलाकारहरुको पहिचान हुन नसकिरहेको अवस्थामा र लोकदोहोरी कलाकारले म लोकदोहोरी कलाकार हुँ भनेर छाति खोलेर भन्न नसकिरहेको अवस्थामा हामी कलाकार हौं, लोकदोहोरी हाम्रो हो भनेर चिनाउने अवार्ड हो लोकदोहोरी अवार्ड । राज्यले उपेक्षा गरिरहेको बेलामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिले लोकदोहोरी गीतलाई सम्मान गर्दै सम्बद्र्धन र प्रबद्र्धन गरिरहेको छ ।

पाँचौं वर्षसम्म आइपुग्दा अवार्डका अनुभवहरु कस्ता रहे ?
अत्यन्त ठूलो महात्वाकांक्षा नहुने हो भने अहिले बाँच्न मात्र चाहिं सकिन्छ । पहिलेको दाँजोमा अहिले केहि सहज नै छ । विश्वभरि नै नेपालीहरु फैलिएर रहनु भएको हुनाले अवश्य पनि नेपाली संगीत बजार पनि फैलिएको छ । नेपाली संगीतको माग विश्वभरि नै भइरहेको छ । जति ठूलो बजार भयो त्यति नै कलाकारलाई फाइदा हुने भएकाले अहिले संगीत क्षेत्रमा समर्पित भएर बाँच्न सकिन्छ । तर महत्वाकांक्षी हुनु भएन । हाइ स्टान्डरको अपेक्षा गर्नुभएन ।

तपाईंलाई डलरमोहले कहिल्यै पनि छोएन ?
यो अवार्डको आयोजना हुँदा म सहसचिव थिएँ । अहिले महासचिव हुँदै अध्यक्षसम्म आइपुग्दा पाँचौं अवार्डसम्मको चुनौति एकातिर रह्यो भने लोकदोहोरी गीतको मात्रै पनि अवार्ड आयोजना हुन्छ, लोकदोहोरी कलाकारलाई पनि सम्मान गर्न सकिन्छ भन्ने अनुभवहरु प्राप्त भए । तिता मिठा धेरै अनुभव छन् । हामी कम्प्युटरलाई पनि विश्वास नगर्ने प्राणी हौं, आफूले आफैं मात्र राम्रो र विश्वासयोग्य ठान्छौं, त्यहाँनेरबाट तिक्तता लाग्छ । तर खुशी पनि उत्तिकै लागेको छ, अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक हुँदै गर्दा धेरैले आफ्ना आमा, बाबु, दाजु दिदी सम्झिँदै मनोनयनमा परेको बताइरहेका हुन्छन् । भागदौड धेरै भइरहेका हुन्छन् तर हामी लोकदोहोरीलाई मात्र जिताउन खोजिरहेका छौं । इतिहासले नभेटेको कला, सिर्जना र कलाकारलाई बाहिर ल्याउने प्रयास गरिरहेका छौं । तर अझै खुशी लिन पाएका छैनौं, सायद दशौं वर्षसम्म पुग्दा यसको खुशी साथीहरुले लिन पाउनुहुनेछ । अझै हामी संघर्षको मैदानमै छौं ।

pn sapkota
उत्कृष्ट पाँचको मनोनयन भर्खरै सार्वजनिक हुँदै गर्दा विभिन्न आरोपहरु लागिरहेका छन् नि ?
हरेक कुराको सकारात्मक र नकारात्मक पाटो हुन्छ । कसैले यही अवार्डमा उत्कृष्ट पाँच भित्र पर्नु अवार्ड पाएसरह हो भनेका छन् भने कसैले अवार्डमा परिएन भनिरहेका छन् । कसैले परे पनि ठिकै नपरे पनि ठिकै भनिरहेका छन् भने कसैले बाहिरबाट राम्रै मूल्यांकन गरिएको रहेछ भनिरहेका छन् । नकारात्मक सोच्नेहरुसँग भन्नु केही छैन, उहाँहरु त आफ्नो आमालाई पनि बाको श्रीमती हो भनेर उत्तर दिनुहुन्छ आमा भन्न चाहनुहुन्न । तर हामी आमालाई आमा नै हो भनिरहेका छौं । म उहाँहरुलाई यही कुरा मात्र भन्छु ‘तपाईंले गरेको कर्मको फल एक दिन पक्कै पाउनुहुन्छ । हामी जबरस्त चेन्नइबाट ल्याएको आँपझैं परालमा हालेर औषधी राखेर पकाउनतर्फ लाग्दैनौं ।’

तपाईंको अवार्डको नियम के हो थाहा छैन तर बजारमा पुराना चर्चामा आइसकेकालाई नवगायक बनाइयो भन्ने हल्ला छ नि ?
के कुरा नबुझेर यो विवाद गरिएको हो म आफैं चकित परेको छु । हाम्रो फर्मको पछाडि लेखिएको छ ‘सम्पूर्ण अवार्डको सर्वाधिकार नै आयोजकमा निहित रहेको छ’ । मनोनयन भन्दा अगाडि केरमेट भयो भनेर पनि समाचार बनाइए । प्राविधिक गल्तीलाई सच्याएर नोमिनेशन सार्वजनिक गरियो तर केरमेट गरेको कागज हामीले बाहिर ल्याएनौं र पछि प्रदान गरियो । अवार्ड प्रदान गर्ने बेलामा एउटा र मनोनयनमा एउटा गरेको भए पो गल्ती भयो भन्ने । हाम्रो भाषामा सच्याइएको छ उहाँहरुको भाषामा केरमेट भयो भन्ने छ । सायद आफू नपरेको कुण्ठा पनि हुनसक्छ । कहिलेकाहीँ आफ्नै कुखुराका चल्ला हराउँदा चिल किन आएन भनेर सोच्नुपर्ने हुन्छ ? सिनो भएको ठाउँमा गिद्ध चाँडो आएर सिनो खाओस् भन्ने लाग्छ किनकी सिनोले गन्ध फैलाउन नपाओस् वातावरण सफा बनोस् भन्ने चाहना हुन्छ । हामीले सिङ्गो लोकदोहोरी क्षेत्रको स्तरोन्नती, सम्बद्र्धन, प्रबद्र्धनका लागि अवार्ड आयोजना गरेका हौं, कसैको गोजीको खर्च र लगानीले यो अवार्ड भएको होइन । जसले कुनै पनि वास्ता नगरी राम्रा सिर्जना निरन्तर ल्याएका छन् उनीहरु परिरहनेछन्, जसले अवार्डका लागि मात्र सिर्जना गरेको छ उ नपर्न पनि सक्छ । कति समयवधि सकिएर छुट्नु पनि भयो होला तर जतिले फर्म भर्नुभएको थियो त्योमध्येबाट हामीले उत्कृष्ट पाँच छानेका हौं ।


हरेक कुराको सकारात्मक र नकारात्मक पाटो हुन्छ । कसैले यही अवार्डमा उत्कृष्ट पाँच भित्र पर्नु अवार्ड पाएसरह हो भनेका छन् भने कसैले अवार्डमा परिएन भनिरहेका छन् । कसैले परे पनि ठिकै नपरे पनि ठिकै भनिरहेका छन् भने कसैले बाहिरबाट राम्रै मूल्यांकन गरिएको रहेछ भनिरहेका छन् । नकारात्मक सोच्नेहरुसँग भन्नु केही छैन, उहाँहरु त आफ्नो आमालाई पनि बाको श्रीमती हो भनेर उत्तर दिनुहुन्छ आमा भन्न चाहनुहुन्न । तर हामी आमालाई आमा नै हो भनिरहेका छौं । म उहाँहरुलाई यही कुरा मात्र भन्छु ‘तपाईंले गरेको कर्मको फल एक दिन पक्कै पाउनुहुन्छ । हामी जबरस्त चेन्नइबाट ल्याएको आँपझैं परालमा हालेर औषधी राखेर पकाउनतर्फ लाग्दैनौं ।’


प्रतिष्ठानले अवार्ड गरेको त कमाउनका लागि भन्ने आरोप लगाइन्छ नि ?
अवार्डहरु विवादरहित कहिँ पनि भेटिनँ । स्वच्छ तरिकाले काम गर्दा गर्दै पनि आरोप लागिहाल्छ । कति अवार्डहरु यति भद्दा देखिन्छ तर त्यसको कसैले विरोध नै गर्दैन, यो हाम्रो समाजको उदाहरण हो । राम्रो अवार्डमा धेरैको चासो बढ्छ त्यसैले बजारमा सकारात्मक र नकारात्मक चर्चा आइरहन्छ । कमाउनका लागि अवार्ड नै गर्नुपर्छ भन्ने छैन, यसमा लगाउने मेहनत व्यवसायमा लगायो भने कमाइको लागि चिन्ता गर्नु नै पर्दैन ।

यस अवार्डमा कति छुट्नु भएको होला उहाँहरुलाई के भन्नुहुन्छ ?
लोकदोहोरीको लागि थोरै ठाउँ दिएका अवार्डमा दौडिनेहरुका लागि पुरै लोकदोहोरीका विधाहरुमा गरिरहेको अवार्ड पनि छ भनेर सम्झने काम गर्नुस् भन्छु । अरुलाई सहभागिताको लागि फर्म भर्न पठाउने होइन आफैं आउनुस् र सहभागी भइदिनुस् भन्छु । हामी सम्मान गर्न खोजिरहेका छौं तपाईं भागिरहनु हुन्छ भने सम्मान गर्नै सकिँदैन । म छु भने पनि लोकदोहोरी र मर्छु भने पनि लोकदोहोरी भनेर अघि बढ्नुस् तपाईं छुट्नु नै हुन्न । अवार्ड हाम्रो वार्षिक क्यालेन्डर हो, यसमा सम्पूर्ण लोकदोहोरीमा क्रियाशील रहनुभएका साथीहरुले चासोको विषयमा लिनुपर्छ ।

pn_sapkota
लोकदोहोरी प्रतिष्ठानको आगामी कार्ययोजना कस्ता छन् ?
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल भनेको मुलुकको एक मात्र धेरै सदस्य भएको संस्था हो । ८ वटा अञ्चल, ५६ वटा जिल्लामा शाखा र उपत्यका समन्वय समितिको मातहतमा ७ वटा समिति रहेको संस्था हो । जहाँ मादल सारङ्गी बजाउनेदेखि रेकर्डिङ स्टुडियोसम्मका कलाकारहरु सहभागी रहेका छन् । अवार्ड हाम्रो वार्षिक क्यालेन्डरका रुपमा आइसकेको छ । कलाकारको सम्मान, संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्नु मुख्य लक्ष्य नै छ । त्यस्तै प्रतिष्ठानको भवन निर्माण र कलाकारलाई स्वरोजगारमूलक अर्थतन्त्र निर्माण गर्ने अभियानमा छौं ।

कलाकारसँग नै ट्याक्स लिएर कलाकारलाई नै पेन्सन हुने काम गर्न सकिँदैन ?
यो कलाकारका लागि नभइ नहुने कुरा हो । हामीले उमेर छउन्जेल मात्र कलाकार भनियो तर रिटायर्ड लाइफलाई सफल बनाउन सकिएन । अझ यतिसम्म कि कलाकारलाई आर्यघाट पु¥याउन पनि सहयोग माग्नुपर्ने बेला आयो । सरकारले पनि घाटमा मूल्य छुट्याइदिएको छ तर हामी त्यो मूल्य तिर्न नसक्ने भएका कारण सबै माग्नुपर्ने स्थितिमा पुग्छौं । दाउरा र तेल किन्नका लागि सहयोग जुटाउने अवस्था अब हटाउनुपर्छ ।

अन्त्यमा ?
अवार्डलाई सम्पन्न गर्न सहयोग पु¥याउने सबैलाई धन्यवाद । प्रायोजकहरुलाई धेरै धन्यवाद र विशेष गरेर धन्यवाद जसले अवार्डका लागि दिन खर्च गरेर विवाद भयो भन्ने गफ गर्नुहुन्छ त्यो सबैभन्दा उपलब्धी हो । किनकी एक दिनको काम भए पनि हाम्रो अवार्डको लागि खर्च गरिरहनुभएको छ ।

प्रस्तुतिः सुमन बैरागी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु